विश्वकप लिग–२: नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ ।
नेपाल र स्कटल्याण्डबीचको खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । स्कटल्याण्डविरुद्ध यसअघिको पहिलो खेल ५ विकेटले जितेको नेपाल त्यो प्रदर्शनलाई कायम राख्न चाहन्छ । तर घरेलु टोद्यी अमेरिकाविरुद्धको दुवै खेल हारेको नेपाल दबाबमा छ ।
सिरिजको पहिलो खेलमा स्कटल्याण्डलाई नेपालले १५४ रजमा अलआउट गर्दै २९.५ ओभरमा १५७ रन बनाउँदै जित निकालेको थियो । अमेरिकाविरुद्ध पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो ।
स्कटल्याण्डले भने अमेरिकालाई दुवै खेलमा पराजित गरेको छ । लिग–२ को यस सिजनमा स्कटल्याण्ड र अमेरिकाले २–२ खेल जितेर समान ४ अंक जोडेका छन् । नेपालले भने ३ खेलबाट २ अंक मात्र जोडेको छ । अब सिरिजको अन्तिम खेल जित्दै सुखद रुपमा अमेरिका टुर सकाउने नेपालको लक्ष्य छ ।
स्कटल्याण्डविरुद्ध हेड टु हेडमा नेपाल अघि छ । अहिलेससम्म यी दुई टोलीले कूल ७ ओडीआई खेल खेल्दा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












