विश्वकप लिग–२: नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ ।
नेपाल र स्कटल्याण्डबीचको खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । स्कटल्याण्डविरुद्ध यसअघिको पहिलो खेल ५ विकेटले जितेको नेपाल त्यो प्रदर्शनलाई कायम राख्न चाहन्छ । तर घरेलु टोद्यी अमेरिकाविरुद्धको दुवै खेल हारेको नेपाल दबाबमा छ ।
सिरिजको पहिलो खेलमा स्कटल्याण्डलाई नेपालले १५४ रजमा अलआउट गर्दै २९.५ ओभरमा १५७ रन बनाउँदै जित निकालेको थियो । अमेरिकाविरुद्ध पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो ।
स्कटल्याण्डले भने अमेरिकालाई दुवै खेलमा पराजित गरेको छ । लिग–२ को यस सिजनमा स्कटल्याण्ड र अमेरिकाले २–२ खेल जितेर समान ४ अंक जोडेका छन् । नेपालले भने ३ खेलबाट २ अंक मात्र जोडेको छ । अब सिरिजको अन्तिम खेल जित्दै सुखद रुपमा अमेरिका टुर सकाउने नेपालको लक्ष्य छ ।
स्कटल्याण्डविरुद्ध हेड टु हेडमा नेपाल अघि छ । अहिलेससम्म यी दुई टोलीले कूल ७ ओडीआई खेल खेल्दा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ ।
Comments
अरु समाचार
-
टी-२० श्रृंखलामा नेपालको लगातार तेस्रो हार, सिरिजबाट बाहिरियो
काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । नेपाल...
-
अबको लडाइँ आर्थिक समृद्धिको हो : प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा अधिकार प्राप्तिको लडाइँ सकिएकाले अबको आर्थिक समृद्धिको लडाइँ भएको बताउनुभएको छ ।...
-
बन्दका कारण पूर्वको जनजीवन प्रभावित
काठमाडौं । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलिय राजनीतिक पार्टीहरुले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन...
-
विपद् प्राधिकरणमा योग्यताविपरीतको उम्मेदवार, कार्यकारी प्रमुख बनाउन काँग्रेसको कसरत
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि छनौट भएका एक उम्मेदवार तोकिएको योग्यताविपरीत रहेको...
-
त्रिदेशीय महिला टी–२० क्रिकेट: आज नेपाल र नेदरल्यान्ड्स मैदानमा
काठमाण्डौ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा...
-
आज सिमसार दिवसः साझा भविष्यका लागि संरक्षणमा जोड
काठमण्डौ । ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको...
-
आजको राशिफल : २०८१ माघ २० गते आइतवार
मेष:आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। भैपरी आउने खर्चले चिन्ता...
-
त्रिदेशीय महिला टी–२० शृङ्खलामा नेपालकाे लगातार दाेस्राे हार
काठमाण्डाै । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय...
-
अमेरिकाले मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा थप कर उठाउन थाल्याे
वासिङटन डीसी । मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा अमेरिकाले आजदेखि थप कर लगाउँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...