गोप्य सूचना मिडियालाई दिएको आरोपमा नेतान्याहुका सहयोगी पक्राउ
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको एक शीर्ष तहका सहयोगीले विदेशी सञ्चार माध्यमलाई समाचार उपलब्ध गराएको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ।
विपक्षीले गाजामा युद्ध विरामको अफवाह फैलाएको आरोप उनीमाथि लगाएका थिए। हमासले बन्दीलाई ‘स्मगलिङ’ गर्दै इजिप्टको सीमा पार गराउने तथा बन्दी रिहाइको विषयमा इजरायललाई विजित गराएर नेतान्याहुलाई असहयोग गर्ने नीति तय भएको तथा युद्ध विराम रोक्ने नीतिको बारे भएको अनुसन्धानको विषय सञ्चारमाध्यमलाई उपलब्ध गराइएको आरोप छ।
अदालतमा दर्ता भएको कागजात अनुसार यसरी अति संवेदनशील विषय बाहिर ल्याउने काममा नेतान्याहुका सहयोगी एलाइजर फेल्डस्टेन लगायतको संलग्नता रहेको देखिएको छ।
अदालतले सेनाको गोप्य सूचना बाहिर ल्याउने काम गरेका कारण संकट बढ्नसक्ने भन्दै उनलाई गिरफ्तारीको अनुमति दिएको हो। प्रधानमन्त्री कार्यालयले भने आफूहरूबाट गोप्य सूचना बाहिर नगएको दाबी गरेको छ। प्रधानमन्त्री कार्यालयको दाबी अनुसार फेल्डस्टेन महत्त्वपूर्ण छलफल र योजना हुने विषयमा कहिले पनि सरिक भएका छैनन्।
विपक्षी नेता याइर लेपिडले प्रधानमन्त्री कार्यालय नै गोप्य सूचना बाहिर आउनुका दोषी भएको ठहर गरेका छन् । बन्दीका परिवारले भने बन्दी रिहाइ र युद्ध विरामसँगै नेतान्याहु युद्ध विरामका लागि बाध्य हुने ठहर गरेका छन् ।
सेप्टेम्बर महिनामा बेलायतबाट प्रकाशित हुने जेविस क्रोनिकल तथा जर्मनीको बिल्डमा प्रकाशित समाचारमा गोप्य सूचना बाहिर आएको आरोप लगाइएको हो। युद्ध विराम र बन्दी रिहाइको वार्ताको क्रम चलीरहेकै समयमा सो समाचार प्रकाशित भएको थियो ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












