पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह
काठमाडौं । भारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सिआर पाटिलबिच मङ्गलबार नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता गरेका छन् ।
त्यस अवसरमा दुवैपक्षबिच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडाभन्दा चाँडो कार्यान्वयन गर्ने तथा बाढी नियन्त्रण, मानव संसाधन विकासलगायत पारस्परिक हित र साझा चासोाका विविध विषयमा छलफल भएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।
ऊर्जामन्त्री खड्काले नेपाल र भारतबिच बाढी तथा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त समितिको बैठक यथाशीघ्र गर्ने पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लाई अन्तिम रुप दिन अनुरोध गर्नाका साथै टनकपुरदेखि नेपाल–भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकामा भारत सरकारप्रति कृतज्ञताज्ञापन गरे ।
प्रत्युत्तरमा मन्त्री पाटिलले पञ्चेश्वरको डिपिआरलाई शीघ्र बनाउन सकारात्मक जवाफ दिएका थिए । भेटमा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधिको सहभागिता थियो ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












