उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि दक्षिण कोरियाले क्षेप्यास्त्र अभ्यास गर्यो
काठमाडौं । दक्षिण कोरियाले उत्तर कोरियाको हालैको क्षेप्यास्त्र प्रक्षेपणपछि शक्ति प्रदर्शनका रूपमा समुद्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको सोलले शुक्रबार जनाएको छ ।
आणविक–सशस्त्र उत्तरले गत दुई साता छुट्टाछुट्टै अभ्यासमा आफ्नो सबैभन्दा उन्नत र शक्तिशाली ठोस–इन्धन अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसिबिएम) र केही छोटो दूरीका बैलिस्टिक क्षेप्यास्त्रहरू परीक्षण गरेको थियो ।
दक्षिण कोरियाली सैन्य कमान्डले गरेको लाइभ–फायर अभ्यास ‘उत्तर कोरियाली उक्साहटको दृढतापूर्वक जवाफ दिने दृढ सङ्कल्प प्रदर्शन’ गर्न लक्षित रहेको बताएको छ ।
ज्वाइन्ट चिफ्स अफ स्टाफले अभ्यासले ‘शत्रुको उक्साहटको स्रोतविरुद्ध सटीक आक्रमण गर्ने क्षमता र तयारी’ पनि रहेको बताएको छ ।
सैन्य कमान्डका अनुसार अभ्यासमा पश्चिमी समुद्रमा ह्युनमु सतह–देखि–सतह छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो ।
दक्षिण कोरियाले उत्तर कोरियाबाट उत्पन्न खतराको सामना गर्न सन् १९७० को दशकमा छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्रको स्वदेशी उत्पादन सुरु गरेको थियो ।
ह्युनमु क्षेप्यास्त्रहरूको एक शृङ्खला हो । यो मुलुकको कथित ‘किल चेन’ पूर्व–आक्रमणात्मक प्रहार प्रणालीको मुख्य हिस्सा हो । यसले सोललाई उत्तर कोरियाली आक्रमणको तत्काल सङ्केत देखिएमा पूर्व–आक्रमणात्मक आक्रमण गर्न अनुमति दिन्छ ।
अक्टोबरको सुरुमा देशले पहिलो पटक आफ्नो सबैभन्दा ठूलो ब्यालिस्टिक क्षेप्यास्त्र ह्युनमु–५ प्रदर्शन गरेको थियो । यो क्षेप्यास्त्र भूमिगत बङ्करहरू नष्ट गर्न सक्षम छ ।
गत आइतबार दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाले उत्तरको आइसिबिएम प्रक्षेपणको जवाफमा अमेरिकी बी–१बी बमवर्षक, दक्षिण कोरियाली एफ–१५के र केएफ–१६ लडाकू जेट तथा जापानी एफ–२ जेटहरू समावेश गरी संयुक्त हवाई अभ्यास गरेका थिए ।
यस्ता संयुक्त अभ्यासले प्योङयाङलाई आाक्रोशित तुल्याउँछ । उत्तरले यसलाई आक्रमणको पूर्वाभ्यासका रूपमा हेर्ने गरेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी एवं प्रमुख प्रवक्ता किम यो जोङले अमेरिका–दक्षिण कोरिया–जापान अभ्यासलाई ‘हाम्रो मुलुकप्रति शत्रुको सबैभन्दा शत्रुतापूर्ण र खतरनाक आक्रामक प्रकृतिको कार्य–आधारित व्याख्या’ भनेका छन्।
“यो अभ्यास हामीले छनोट गरेको र कार्यान्वयन गरेको आणविक शक्ति निर्माण गर्ने रेखाको वैधता र आवश्यकताको पूर्ण प्रमाण थियो”, उनले भने ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











