नेटो र युक्रेन बीच नयाँ रूसी क्षेप्यास्त्र प्रहारका विषयमा वार्ता
काठमाडौं । युक्रेन र नेटोका ३२ सदस्य राष्ट्रका राजदूतहरूले गत हप्ता रूसले प्रयोगात्मक हाइपरसोनिक मध्यवर्ती दूरीको क्षेप्यास्त्र प्रहार गरेको विषयमा केनिद्रत रहि मङ्गलबार ब्रसेल्समा भेट वार्ता गरेका छन् ।
रूसले बिहीबार युक्रेनी सहर डिनिप्रोमा आक्रमण गरेको थियो जसलाई राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो नयाँ ओरेसनिक मिसाइलको परीक्षण भएको बताउनु भएको थियो ।
क्रेमलिनका नेताले युक्रेनलाई रूस विरुद्ध आफ्नो हतियार प्रयोग गर्न दिने देशहरूमा सैन्य सुविधाहरूमा आक्रमण गर्न मस्कोलाई “अधिकार“ प्राप्त भएको भएको चेतावनी दिएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणलाई रूसको मुर्खाता भन्दै पछिल्लो लडाइँ र नयाँ खतरालाई सामना गर्न अद्यावधिक हवाई–रक्षा प्रणालीका लागि अपील गर्नु भएको ।
नेटो–युक्रेन काउन्सिलको बैठक पछि किभले “ठोस र अर्थपूर्ण परिणामहरू“ प्राप्त गर्ने आशा गरेको छ । यद्देपी नेटोका कूटनीतिज्ञ र अधिकारीहरूले मङ्गलबारको परामर्शबाट कुनै नतिजाको खुलासा गरेका छैनन् ।
मस्कोको नयाँ हतियारको तैनातीले “नेटोका सहयोगीलाई युक्रेनलाई समर्थन गर्नबाट नरोक्ने वार्ताका सहभागीहरुले जनाएका छन् ।
बैठकले “युक्रेनको हालको सुरक्षा अवस्थाबारे छलफल गरी भिडियो लिङ्कमार्फत युक्रेनी अधिकारीहरूबाट ब्रीफिंग समावेश गर्ने नेटोका एक अधिकारीले बताएका छन् ।
मुख्य नेटो शक्ति संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएपछि पश्चिमी समर्थनको भविष्यका बारेमा प्रश्नहरू उठिरहेको समयमा युक्रेनलाई तनाव बढेको छ ।
ट्रम्पले किएभका लागि वासिङ्टनको सैन्य सहायता कायम राख्नमा शङ्का व्यक्त गर्दै युद्ध अन्त्य गर्न द्रुत सम्झौताको वाचा गर्नु भएको छ ।
नेटोका वरिष्ठ कमान्डर रोब बाउरले भन्नु भयो “म कल्पना गर्न सक्दिन कि पुटिनलाई विजेताका रूपमा ती सम्भावित वार्ताबाट बाहिर निस्कन अनुमति दिनु अमेरिकाको हितमा छ“ ।
युद्ध मैदानमा युक्रेनका थकित सैनिकहरू देशको पूर्वमा रूसी सेनाको प्रगति रोक्न सङ्घर्ष गरिरहेका छन् ।
नेटो र युक्रेनले सन् २०२३ मा संयुक्त परिषद्को स्थापना गरी किएभलाई उपयुक्त देखिएमा गठबन्धनसँग बैठक बोलाउन अनुमति दिएका थिए ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












