मानव बेचबिखनको जोखिममा रहेका दुई सय ९८ जनाको उद्धार
राँझा (बाँके): मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृह बाँकेले आर्थिक वर्ष ०८०/८१ मा जोखिममा रहेका दुई सय ९८ जनालाई सीमा क्षेत्रबाट उद्धार गरेको छ ।
उक्त संस्थाले नेपालगञ्जस्थित मुख्य नाका जमुनाहसँगै जानकी, डुडुवा र नरैनापुर गाउँपालिकास्थित ग्रामीण क्षेत्रका नाकामा सूचना तथा परामर्श केन्द्रमार्फत मानव बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ ।
त्यसमध्ये पाँच जनालाई भारतबाट उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये दुई सय ५२ जनालाई अभिभावकको जिम्मा लगाइएको र ४२ जनालाई प्रहरीको रोहवरमा परिवारलाई हस्तान्तरण गरिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयाजक निर्मल सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार संस्थाले गत आर्थिक वर्षमा बेचबिखनको जोखिममा रहेका नौ हजार आठ सय ९६ महिला तथा बालबालिकालाई परामर्श दिएको छ । यो अवधिमा शान्ति पुनःस्थापना गृहले मानव बेचबिखन अभियोगमा तीनवटा मुद्दा दर्ता गरेको छ ।“बाँकेको मुख्य नाका जमुनाहमा मानव बेचबिखन विरुद्ध क्रियाशील धेरै संस्थाको परामर्श हुने भएकाले दलालले ग्रामीण क्षेत्रका नाकासमेत प्रयोग गर्ने गरेको छ”, सुवेदीले भन्नुभयो, “नयाँ नयाँ ढङ्गले मानव बेचबिखनको प्रयास हुने गरेको छ, सबैभन्दा बढी जोखिममा १८ देखि २५ वर्ष उमेर समूह रहेको तथ्यले देखाएको छ ।”शान्ति पुनःस्थापना गृहका केन्द्रीय उद्दार संयोजक भूमि भट्टराईले मानव बेचबिखन तथा ओसारपसार न्यूनिकरण र निरुत्साहित पार्न ग्रामीण नाकामासमेत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












