गौतमबुद्ध विमानस्थलबाट एक महिनामा ५ हजार अन्तर्राष्ट्रिय यात्रुले सेवा लिए
काठमार्डौ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब ५ हजार अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार ३ नोभेम्बर (१८ कात्तिक) देखि ३ डिसेम्बर (१८ मंसिर) सम्म ४ हजार ७ सय ७१ यात्रुले भैरहवा विमानस्थलबाट सेवा लिएका छन् । यस अवधिमा २ हजार २ सय ३८ यात्रु भैरहवाबाट विदेश उडेका थिए ।
त्यसैगरी २ हजार ५ सय ३३ यात्रु भने भैरहवा अवतरण गरेको तिवारीले जानकारी दिए । यस अवधिमा भैरहवालाई ट्रान्जिट बनाएर ५ हजार ४ सय ६७ यात्रु उडेका छन् । वायुसेवा कम्पनीहरूले काठमाडौं आउने यात्रुलाई भैरहवा हुँदै ल्याएका कारण ट्रान्जिट संख्या बढेको हो । एक महिनामा कुल १ सय ५६ उडान÷अवतरण भएका छन् । ७८ उडान र ७८ अवतरण भएको तथ्यांक छ ।
एक महिना अवधिमा जजिरा एयरवेजले सबैभन्दा धेरै यात्रु बोकेको छ । जजिराले ३ हजार ३४ यात्रुलाई भैरहवाबाट सेवा दिएको छ । यसले १ हजार ७ सय ९२ यात्रु उडाएको छ भने १ हजार २ सय ४२ यात्रुलाई भैरहवा ल्याएको छ ।
त्यस्तै दोस्रो स्थानमा फ्लाई दुबई छ । यसले १ हजार १ सय १३ यात्रु भैरहवा ल्याएको छ भने १९ जनालाई भैरहवाबाट उडाएको छ ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











