आजदेखि काभा पुरुष भलिबल च्याम्पियनशिप; नेपालसहित चार देशका खेलाडी सहभागी हुने
काठमाण्डाै। सेन्ट्रल एसियन भलिबल एसोसिएशन (काभा) पुरुष क्लब च्याम्पियनशिप आजदेखि शुरू हुँदैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा रहेको कभर्ड हलमा हुनेछ ।
च्याम्पियनशिपमा नेपालसहित चार वटा देशका पाँच वटा क्लबले खेल्दैछन् । नेपालबाट हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेश भलिबल सङ्घले प्रतिस्पर्धा गर्दैछन् । हेल्प नेपाल आठौं प्रधानमन्त्री कपमा विजेता बन्दै र गण्डकी प्रदेश उपविजेताका रूपमा यो च्याम्पियनशिपमा छनोट भएका हुन । यस्तै भारतको क्यालिकट हिरोज, इरानको चाडोरमालु र माल्दिभ्सको क्लब एचडीसीले खेल्दैछन् ।
उद्घाटन खेलमा आज दिउँसो सवा ३ बजे नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लब र भारतको क्यालिकट हिरोजले खेल्दैछन् । दोस्रो खेलमा साढे ५ बजे नेपालको गण्डकी प्रदेश र माल्दिभ्सको क्लब एचडीसीले खेल्नेछन् ।
यो च्याम्पियनशिपको बजेट एक करोड रुपैयाँ रहेको छ । च्याम्पियनशिपमा सिङ्गल राउन्ड रोबिन लिग, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरी १४ वटा खेल हुनेछन् । च्याम्पियनशिपको हाम्रो खेलकुद र कान्तिपुर म्याक्स एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ । फाइनल खेल २९ गते हुनेछ ।
Comments
अरु समाचार
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...












