हेगमा बम विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
काठमाडौं । डच अधिकारीहरूले शनिबार बिहान शक्तिशाली विस्फोटपछि आंशिक रूपमा भत्किएको एक अपार्टमेन्ट भवनको भग्नावशेषबाट पाँच जनाको शव फेला परेको पुष्टि गरेका छन्।
थप मृतकहरूको खोजी कार्य जारी छ र नेदरल्याण्डका आपतकालीन सेवाहरूले मृत्यु हुनेहरूको सङ्ख्या २० को हाराहारीमा पुग्न सक्ने बताएका छन् ।
“अहिलेसम्म कम्तीमा पाँच जनाको मृत शरिर भग्नावशेषबाट निकालिएको छ,” द हेगका नगर प्रमुख जान भान जेनेनले भने ।
उहाँले थप्नुभयोे, “विस्फोटपछि उद्धारकर्मीले भग्नावशेषमा जीवित मानिस भेटिन सक्ने विश्वाससहित खोजी कार्यलाई तीब्र पारेको छ । दुर्घटना भएको करिब २४ घण्टा हुनै लाग्दा उनीहरू जीवितै पाइने सम्भावना भने कम भएको छ तर पनि हामीले उद्धारको प्रयासलाई जारी राखेका छौँ ।”
उद्धार गरिएका दुई जनाको अवस्था गम्भीर रहेको नगरप्रमुखले जानकारी दिए ।
नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक स्कूफले क्षतिग्रस्त अपार्टमेन्ट भवनको तस्बिर देख्दा आफू स्तब्ध भएको बताएका छन् । राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले पनि घटनाप्रति दुःख व्यक्त गर्दै र मृतक तथा पीडितका आपन्तजनप्रति सहानुभूति व्यक्त गर्दै भने, “व्यक्तिगत रूपमा प्रभावित भएका वा आफ्ना प्रियजनहरू गुमाएकासबैप्रति हामी सहानुभूति व्यक्त गर्दछौँ ।
यो घटना हेगको उत्तरपूर्वी मारियाहोभ जिल्लाको तारवेक्याम्प स्ट्रिटमा भएको हो । विस्फोटबाट क्षति भएको तीन तले भवनको भुइँतलामा पसल र माथि दुई आवासीय तल्ला थिए ।
विष्फोटको कारण बारे अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार विष्फोट भएको केही समयपछि एउटा कार तीव्र गतिमा घटनास्थलबाट भागेको देखिएको थियो । अधिकारीहरूले प्रत्यक्षदर्शीहरूलाई अगाडि आउन आग्रह गरिरहेका छन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












