कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकसेवामार्फत कर्मचारी पदपूर्ति गरिने
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोकसेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ ।
आयोगबाट पदपूर्तिको कार्य अगाडि बढेपछि स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति थपिने अपेक्षा गरिएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द महतले जानकारी दिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालको संविधान २०७२ को धारा २४३ बमोजिम स्थायी पदपूर्ति र बढुवासम्बन्धी कार्य लोकसेवा आयोगमार्फत अघि बढाउने कानुनी बाटो खुलेको छ ।
‘यो निर्णयले प्रतिष्ठानलाई विधिसम्मत, पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट अब्बल शिक्षक तथा कर्मचारी नियुक्त गर्न ठूलो अवसर प्रदान गरेको छ’, रजिस्ट्रार महतले भने, ‘यो निर्णय संस्थागत हितका लागि महत्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ, प्रतिष्ठानमा हाल कार्यरत शिक्षक र कर्मचारीहरूको योग्यता एवं योगदानलाई कदर गर्दै, वैधानिक प्रक्रियाबाट बढुवा गर्ने आधार तयार भएको छ ।’
लोकसेवा आयोगमार्फत स्थायी पदपूर्ति गर्ने यो प्रक्रिया सुरु गर्नका लागि लामो समयदेखि प्रयास भइरहेको थियो । तत्कालीन समयमा २०७५ कात्तिक १५ मा बसेको लोकसेवा आयोगको बैठकले पाँच प्रतिष्ठानमा स्थायी पदपूर्ति र बढुवा रोक्ने निर्णय गरेको थियो ।
तीन वर्षको प्रयास र विभिन्न कठिनाइ पार गर्दै प्रतिष्ठानले यो कानुनी अवरोध पन्छाउन सफल भएको रजिस्ट्रार महतको भनाइ छ ।
‘प्रतिष्ठानको दीर्घकालीन हितका लागि लोकसेवा आयोगजस्तो विश्वसनीय संस्थामार्फत पदपूर्ति गर्नुपर्ने आवश्यकता थियो, यो निर्णयले प्रतिस्पर्धात्मक प्रक्रियाबाट योग्य जनशक्ति भित्र्याउन ठूलो सहयोग पुर्याउने छ’, प्रतिष्ठानका उपकुलपति डा। मंगल रावलले भने।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












