युक्रेनको जापोरिझियामा क्षेत्रमा भएको रूसी आक्रमणबाट १० जनाको मृत्यु
काठमाडौं । युक्रेनको जापोरिजिया क्षेत्रका दुई भवनमा भएको रूसी आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बिहीबार बताउनुभएको छ ।
दक्षिणी युक्रेनमा भएको आक्रमणको तीव्र शृङ्खलामा मङ्गलबार भएको यो पछिल्लो आक्रमणमा १० जनाको मृत्यु भएको २२ जना घाइते भएका हो ।
भग्नावशेषमुनि एक महिलाको शव फेला परेपछि मृत्यु हुनेको सङ्ख्या १० पुगेको क्षेत्रीय गभर्नर इभान फेडोरोभले जानकारी दिए।
गभर्नरका अनुसार आक्रमणबाट मध्य जापोरिझियामा रहेको एक क्लिनिक र एउटा कार्यालय भवनमा व्यापक क्षति पुगेको उनले टेलिग्राममा बताए ।
रूसका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणको निन्दा गर्दै युक्रेनलाई थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पश्चिमा मित्रराष्ट्रलाई आह्वान गरे ।
गत शुक्रबार पनि जापोरिझियामा भएको रूसी आक्रमणमा १० जनाको मृत्यु भएको थियो ।
मस्कोले बुधबार युक्रेनको दक्षिणी रोस्तोभ क्षेत्रमा रहेको सैन्य हवाई क्षेत्रमा पश्चिमा मुलुकले आपूर्ति गरेको क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै युक्रेनविरुद्ध प्रतिशोध लिने रूसले चेतावनी दिएको थियो ।
एक अमेरिकी अधिकारीले रूसले चाँडै नै युक्रेनलाई आफ्नो नयाँ हाइपरसोनिक ‘ओरेशनिक’ क्षेप्यास्त्रले निशाना बनाउन सक्ने बताएका छन् ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












