पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।
निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६२ रुपैया तोकेको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ५१ रुपैयाँ निर्धारण गरिएको छ ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ ।
डिपोदेखि १५ किलोमिटरसम्मका लािग पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ २८ पैसा बढेको र डिजेलमा प्रतिलिटर एक पैयाँ ४८ पैसा घटेकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
Comments
अरु समाचार
-
पुस १ गते आज लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै
काठमाडौँ : प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ...
-
आजको राशिफल: २०८१ पुस १ गते साेमवार
मेष मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको...
-
धरानमा फस्टाउँदै सिद्रा व्यापार
काठमाडौं । मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्नुहुन्छ । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय...
-
एमाले कार्यशालाको सङ्कल्प-वडा केन्द्रित अभियानदेखि कुप्रचारविरुद्ध प्रतिवाद गर्ने
काठमाडौं । नेकपा एमालेले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न माघदेखि चैतसम्म तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने भएको...
-
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
काठकमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल छिमेकी मुलुक भारतको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । भारतका स्थलसेनाध्यक्ष जनरल...
-
देशलाई विकृतिबाट सुकृतीतर्फ लान वर्तमान सरकार: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतीतर्फ लान वर्तमान संयुक्त सरकार बनेको दाबी गरेका...
-
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
काठमाडौं । सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आज तारा एयरको वाइटी १७०१ नम्बरको...
-
सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार कीर्तिपुरस्थित...