सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको ऋण नतिर्नेको एकाघरका सदस्यको सम्पत्ति र राहदानी रोक्का गरी असुल गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडले आज यहाँ आयोजना गरेको सहकारी सुशासन प्रवर्द्धनसम्बन्धी बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले सहकारीमा भएको पुँजीबाट त्यहाँ आएको समस्या समाधान गरिनुपर्ने बताउनुभयो । सरकारले घोषणा गरेका २२ वटा सहकारीमध्ये केहीको जग्गा बेचेर पनि समस्या समाधान गर्नेतिर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय लागिपरेको मन्त्री अधिकारीले बताउनुभयो ।
उहाँले सात प्रदेशमा समूह बनाएर मन्त्रालयमार्फत समस्याग्रस्त सहकारीको अध्ययन भइरहेको जानकारी दिनुभयो । “ समितिबाट प्रतिवेदन प्राप्त भएपछि समस्या समाधानको विधि बनाइने छ । सहकारी ऐन, २०७४ मा भएको सहकारी प्रवर्द्धन कोष, कर्जा सूचना केन्द्र र न्यायाधीकरण पनि छिटो गठन गरी समस्या समाधानमा काम गर्न सरकार प्रतिबद्ध छ”, मन्त्री अधिकारीले भन्नुभयो ।
प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडाले सुशासनको अभावमा सहकारी समस्याग्रस्त हुने गरेको बताउनुभयो । सबै सहकारीमा समस्या नभए पनि सबै समस्यामा छन् भनेर हल्ला फैलाइएको उल्लेख गर्दै छिटो समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।
महासङ्घका अध्यक्ष ओमदेवी मल्लले सहकारीमा देखिएका समस्या र समाधानका उपायबारे छलफलका लागि कार्यक्रम आयोजना गरिएको गरिएको बताउनुभयो । उहाँले सातै प्रदेशमा यस्तै कार्यक्रम आयोजना गरी प्राप्त सुझाव समेटेर सरकारलाई संयुक्त सुझाव दिइने बताउनुभयो ।
Comments
अरु समाचार
-
आज शिक्षासहित चार वटा समितिको बैठक बस्दै
काठमाडौं । सङ्घीय संसद् अन्तर्गत विभिन्न चार वटा समितिको बैठक आज बस्दै छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि...
-
इजरायल र हमासबीच युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा
जेरुसलेम । महिनौँको गतिरोधपछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास गाजामा...
-
विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर र युरोको भाउ बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय...
-
आजको राशिफल: २०८१ पुस ३ गते बुधवार
मेष दोहोर्याएर प्रयास गर्दा रोकिएकाे काम बन्नेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। हडबड गर्ने बानीले पनि काम बिग्रन...
-
“सबै तहका सरकार शासक नभई नागरिक केन्द्रित हुनुपर्छ”
काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकार शासक नभई नागरिक केन्द्रित एवम् सेवामैत्री हुनुपर्नेमा जोड दिनुभएको छ । ललितपुर...
-
झापा कपः जीटीए दार्जिलिङलाई हराउँदै राष्ट्रिय जागृति क्लब इटहरी सेमिफाइनलमा
दमक । भारतको जीटीए दार्जिलिङलाई हराउँदै इटहरीको राष्ट्रिय जागृति क्लब प्रथम झापा कपको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडको डोमालाल राजवंशी...
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
दमौली (तनहुँ): जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण...
-
युक्रेनमा उत्तर कोरियाको संलग्नता द्वन्द्वको ‘खतरनाक विस्तार’ हो : अमेरिका र सहयोगीहरू
किएभ । दश देश र युरोपेली सङ्घ (इयु) ले सोमबार संयुक्त राज्य अमेरिकाले जारी गरेको संयुक्त वक्तव्यमा युक्रेनमा रुसको युद्धमा...
-
आजको राशिफल : २०८१ पुस २ गते मंगलवार
मेष : उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा...