इजरायल र हमासबीच युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा
जेरुसलेम । महिनौँको गतिरोधपछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न सहमत हुने नयाँ सङ्केतहरू देखिएका बीबीसीले जनाएको छ ।अप्रत्यक्ष वार्तामा संलग्न एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले वार्ता अन्तिम र निर्णायक चरणमा रहेको बताएका खबरमा उल्लेख छ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले पनि सम्झौता पहिलेभन्दा धेरै नजिक भएको बताउनु भएको छ ।
पछिल्लो केही दिनदेखि अमेरिका, कतार र इजिप्टले मध्यस्थताको प्रयास तीव्र पारेका छन् । इजरायली प्रतिनिधिमण्डल कतारको राजधानी दोहामा रहेको छ । प्यालेस्टिनी अधिकारीले युद्धविरामका लागि तीन चरणको योजनामा गाजामा बन्धक बनाएका सर्वसाधारण र महिला सैनिकलाई पहिलो ४५ दिनमा रिहा गरिने बताएका छन् । त्यसपछि इजरायली सुरक्षा बलहरू इजिप्टको सिमानामा सहर केन्द्रहरू, तटीय सडकहरू र रणनीतिक ठाउँहरूबाट फिर्ता हुनेछन् ।
यसैगरी अर्को एउटा संयन्त्र मार्फत गाजाका विस्थापित मानिसहरूलाई फर्काउन पहल हुनेछ । अधिकारीहरुका अनुसार दोस्रो चरणमा, बाँकी बन्धकहरूलाई रिहा गरिनेछ र सैनिकहरूलाई हटाइनेछ । र तेस्रो चरणमा युद्ध रोकिनेछ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












