जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम एनपिएल फाईनल प्रवेश
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्स उपाधि नजिक पुगेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्समाथि ८ विकेटको जित निकाल्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो।
पराजित भए पनि जनकपुरलाई फाइनलमा पुग्ने दोस्रो अवसर बाँकी छ। जनकपुरले बिहीबार हुने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ। सो खेलको जित निकाल्ने टोलीले उपाधिका लागि शनिबार सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ।
फाइनलमा पुग्न जनकपुरले १४० रनको लक्ष्य सुदूरपश्चिमले २ विकेटको क्षतिमा १८.३ ओभरमै पूरा गर्यो। जनकपुरका ओपनर सइफ जइबले ३२ रन जोड्दा उनका ओपनिङ पार्टनर विनोद भण्डारीले अर्धशतक प्रहार गरे। भण्डारीले नटआउट ५८ रन जोडे। उनले ५५ बल खेलेर ३ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले १६ बलमा नटआउट २० रन जोडे।
जइबले भण्डारीसँग पहिलो विकेटका लागि ७.३ ओभरमा ५६ रनको साझेदारी गरेका थिए। उनी किशोर महतोको बलमा जिमी निशमबाट क्याच भए। यस्तै ब्रान्डन माक्मलेनले २५ रन जोडे। भण्डारीसँग दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरेका माक्मलेनले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे। उनलाई जनकपुरका ललितनारायण राजवंशीले निशमको हातबाट क्याच गराउन सफल भए।
टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन जोड्यो। जनकपुरका लागि जिमी निशमले ४५ रन जोडे। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
ओपनरद्वय लाहिरू मिलन्था १२ रन र आसिफ शेख ११ रन जोडेर आउट भए। मिलन्थालाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तेस्रो ओभरमा एलबिडब्लूको धरापमा पारेका थिए। कप्तान आसिफ छैटौं ओभरमा सइफ जइबबाट बोल्ड भए।
शुभ कंसाकारले रनआउट हुनुअघि २६ रन जोडे। उनी नवौं ओभरको अन्तिम बलमा दीपेन्द्रले डाइरेक्ट हिटमार्फत रनआउट भएका थिए।
हर्ष थाकर १२ रन र अरनिको यावदले ११ रन जोड्न सके। थाकर १३औं ओभरमा जइबको बलमा ब्रेन्डन माक्मलेनबाट क्याच भएका थिए। १६औं ओभर चल्दै गर्दा अरनिको दीपेन्द्रबाट एलबिडब्लू आउँदा हुँदा जनकपुरले ५ विकेट गुमाउँदा ९७ रन जोड्न सकेको थियो।
१८औं ओभरको अन्तिम बलमा मोहमद मोहसिनलाई दीपेन्द्रले ३ रनमा बोल्ड गरे। त्यसअघि दीपेन्द्रलाई ओभरको तेस्रो र चौथो बलमा निशमले लगातार दुई छक्का प्रहार गरेका थिए।
शेर मल्ल अन्तिम ओभरको पहिलो बलमा अभिनास बोहराको बलमा ३ रनमा क्याच भए। अघिल्लो ओभरमा निशम कुगेलेइनबाट बोल्ड हुँदा जनकपुर समान्य योगफल तर्फअघि बढेको थियो। बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रले ३ विकेट लिए। उनले ४ ओभरमा २९ रन खर्चिए। सइफ जइबले २ विकेट लिँदा कुगेलेइन र अभिनासले १-१ विकेट हात पारे।
Comments
अरु समाचार
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...











