आज देखि घुम्न जाऔँ बर्दिया अभियान सुरु
काठमाडौं । बर्दियाको पर्यटन प्रचार प्रसारको लागि घुम्न जाओैं बर्दिया अभियान आज देखि सुरु भएको छ । जिल्ला भरिका पर्यटकीय क्षेत्र, स्थानीय कला संस्कृतिको बारेमा प्रचार प्रसार गर्ने उद्देश्यले अभियान सुरु भएको हो ।
पर्यापर्यटनको विकास गरि अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वाराको वेतहीनमा रहेको सांस्कृतिक डबलीमा विशेष कार्यक्रमको आयोजना गरि उद्घाटन गरिने ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले बताए ।
लुम्बिनी प्रदेश र ठाकुरबाबा नगरपालिकाको संयुक्त आयोजनामा घुम्न जाओैं बर्दिया कार्यक्रमको उद्घाटन हुने ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले जानकारी दिए ।
बर्दियाको मुख्य पर्यटकीय केन्द्र बर्दिया राष्ट्रिय निकुञ्ज सँग सँगै जिल्ला कै पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने मुख्य उद्देश्यले घुम्न जाओैं बर्दिया कार्यक्रम आयोजना गरिएको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले बताए । अभियानले बर्दियाको समग्र पर्यापर्यटनमा टेवा पुग्ने मेयर लम्सालको आशा छ ।
पर्यापर्यटनको क्षेत्रमा प्रचुर सम्भावना भएर पनि राष्ट्रिय नीति र बजेट विनियोजनका हिसाबले यो क्षेत्रले स्थान पाउन नसकेको पर्यटन व्यवसायीको गुनासो छ । देशका विभिन्न राष्ट्रिय निकुञ्ज भन्दा फरक जैविक विविधता बर्दिया राष्ट्रिय निकुञ्जमा एकै दिनमा बाघ, गैँडा र जंगलीहात्तीको बथानका साथ साथै चित्तल जरायो बाह्रसिङ्गा विभिन्न प्रकारका चराचुरुङ्गी देख्न पाइन्छ । तर प्रचार प्रसारको अभावमा तुलनात्मक रुपमा बर्दिया घुम्न आउने पर्यटक कम रहेका छन् ।
“घुम्न जाओैं बर्दिया“ कार्यक्रमको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज गर्नुहुनेछ । यस्तै सङ्घीय पर्यटन मन्त्री, सात वटै प्रदेशका पर्यटन मन्त्रीहरू एवं विशिष्ट व्यक्तित्वहरू, जिल्लास्तरीय अधिकारीहरू, पालिका प्रमुख, राजनीतिक दल, संरक्षणकर्मी, पर्यटन व्यवसायी, सामाजिक तथा शैक्षिक संघ संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहने ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण ढकालले बताए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












