‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’
इलाम : यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय दलित समुदायले मात्र बजाउनुपर्र्छ भनिएको नौमती बजाउन यहाँ ब्राह्मण, क्षेत्री समुदायका महिलाले पनि तालिम लिँदैछन् । बाजालाई महिलाको क्षमता विकास र आर्थिक अवस्था सुधार गर्ने अवसरका रूपमा सदुपयोग गर्न यस्तो गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले बताउनुभयो ।
यही पुस ४ गतेदेखि १५ जनालाई नौमती बजाउने तालिम दिन सुरु गरिएको छ । पुरातानवादी सोच हटाएर लोप हुन लागेको संस्कार, संस्कृतिको जगेर्ना गर्न तालिम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले बताउनुभयो । ‘महिलाको क्षमता विकास, व्यावसायिक बनाएर आर्थिक रूपमा सबल बनाउन तालिमले सहयोग गर्छ भन्ने हाम्रो अपेक्षा हो”, अध्यक्ष स्याङ्बोले भन्नुभयो, “लोप हुँदै गएका संस्कार, संस्कृति, नौमती, सङ्गिनीलगायत लोकबाजा संरक्षण गर्नु सबैको दायित्व हो ।”
सुरूका दिनमा बाजा बजाउँदै हिँड्दा साउती गर्दै कुरा काट्नेले अहिले प्रशंसा गर्ने गरेको तालिममा सहभागी गीता कट्टेलले बताउनुभयो । “ब्राह्मण महिलाले नौमती छुन हुँदैन भन्ने समाजले हामीलाई कहिलेकाही व्यङ्ग्य गरे तर सीप सिक्न छोडेका छैनौँ”, उहाँले भन्नुभयो, “अब त सीपलाई व्यावसायीकता दिने आत्मबल बढेको छ ।”
विभेदका कुराले समाजमा एकता नआउने भन्दै नौमतीलाई सबैको साझा लोकबाजाको रूपमा स्थापित गर्न तालिम लिएको अर्की प्रशिक्षार्थी भीमा भट्टराई (अर्याल) को भनाइ छ । “अब पुरानो मान्यता राखेर हुँदैन, हामीले नौमतीलाई हाम्रो आयस्तरसँग जोड्नुपर्र्छ”, उहाँले भन्नुभयो ।
स्थानीय रामबहादर दर्जीले विगतमा नौमती बजाउँदा विभेद गर्ने समुदायले नौमतीलाई साझा लोक संस्कृतिको रूपमा स्वीकार्न थालेकामा खुसी व्यक्त गर्नुुभयो । उहाँले भन्नुभयो, “यसरी सबैको सोचमा परिवर्तन आएमा मात्र विभेदरहित समाज निर्माणमा सघाउ पुग्छ ।”
तालिम पुस १३ गतेसम्म सञ्चालन हुनेछ । रोङ सङ्गिनी समूहको मागअनुसार महिलाको आयमा सुधार गर्न पहिलो चरणमा १५ जनालाई तालिम दिइएको महिला तथा बालबालिका शाखा प्रमुुख राधिका तामाङले बताउनुभयो । उहाँका अनुसार तालिमको सहजीकरण झापाको विर्तामोडस्थित माता पाथिभरा नौमती बाजा ट्रेनिङ सेन्टरका प्रशिक्षक तारादेवी आचार्य र टीकादेवी प्रसाईंले गरिरहनुभएको छ ।
नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिङ्गा, दमाहा, सानो दमाहा, बाउँताल, सहनाइ र कर्नाल रहेका छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











