इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा संलग्न एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार वार्तामा ९० प्रतिशत प्रगति भएको छ तर, केही मुख्य मुद्दाहरूमा समाधान बाँकी रहेको छ । इजिप्टको सीमामा रहेको दक्षिणी गाजाको रणनीतिक रूपमा महत्त्वपूर्ण भूभाग फिलाडेल्फिया कोरिडोरमा इजरायली सेनाको निरन्तर उपस्थिति हटाउने विषयमा सहमति हुन नसकिरहेको प्यालेस्टाइनले जनाएको छ ।
कतारको दोहामा भइरहेको छलफलको गाजासँगको इजरायलको सीमाको बफर जोनको लम्बाई बढाउने विषय पनि समावेश छ । यो क्षेत्रमा इजरायली सेना खटिनेछ । यी मुद्दाहरूको समाधान भएपछि, तीन चरणको युद्धविरामबारे केही दिनभित्रै सहमति हुन सक्ने वार्ताकारले बताएका छन् । सम्झौता भएपछि इजरायलले हरेक दिन २० जना प्यालेस्टाइनी कैदी रिहा गरेवापत हमासले एक जना इजरायली महिला सैनिकको रिहाई गर्नेछ । इजरायलमा २५ वर्षभन्दा धेरै समय जेल सजाय भोगिरहेका झन्डै चार सय जना कैदीलाई छुटाउनुपर्नेछ । गाजामा ९६ जना बन्धकहरूमध्ये ६२ जना अझै जीवित रहेको इजरायलले अनुमान गरेको छ ।
यस्तै इजिप्ट र कतारको निगरानीमा उत्तरी गाजामा नागरिक फर्कन पाउने छन् र गाजामा हरेक दिन पाँच सय ट्रकका दरले सहायता सामग्री लैजान दिइनेछ । तीन चरणको योजनाको अन्तिम चरणमा १४ महिनाको युद्धको अन्त्य घोषणा हुनेछ । अमेरिकाले पनि गाजा युद्धविरामको लागि नयाँ प्रयास शुरु गर्ने बताएको छ । जसले गर्दा युद्ध रोकिने आसा पलाएको अधिकारीहरुले बताएका छन् । गएको वर्षको अक्टोबरमा हमासले १२ सय जनाको ज्यान जानेगरी हमासले इजरायलमा आक्रमण गरेको थियो, भने दुई सय ५१ जनाको अपहरण गरेको थियो । त्यसको जवाफमा इजरायलले गाजा ध्वस्त पारेको छ भने ४५ हजार जनाको ज्यान गएको छ ।
Comments
अरु समाचार
-
सचिन परियारको निधनप्रति प्रधानमन्त्री द्वारा दुःख वक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत् श्रद्धाञ्जली व्यक्त...
-
होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी
काठमाडौं । नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय...
-
सन् २०२४ लाई फर्केर हेर्दा : विमान दुर्घटनाको दुःखद् वर्ष
काठमाडौँ : अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान...
-
आजको राशिफल: २०८१ साल पुष १८ गते बिहीबार
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा दाजुभाईसँग सानो कुरामा विवाद बढ्नेछ भने गैर व्यायिक कामहरु नगर्नुहोला समय तपार्ईँको पक्षमा रहेकोछैन । खेलकुद तथा...
-
प्रेस चौतारीको दशौं महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा
काठमाडौं । प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ । बुधबार...
-
टी-२० वरीयता अपडेट: अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२४ को अन्तिम खेलाडी वरीयता सार्वजनिक गर्दा नेपाली खेलाडीको अवस्थामा खस्किएको छ । आईसीसीले...
-
गुठी विधेयक चाँडो ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले गुठी सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि जति सक्दो छिटो...
-
विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूद्वारा शपथ ग्रहण
काठमाडौं । नवनियुक्त विभिन्न पाँच देशका राजदूतहरुले बुधबार राष्ट्रपती कार्यालयमा पद तथा गोपनियताको शपथ लिएका छन् । पोर्चुगलका लागि नेपाली...
-
विश्वप्रसिद्ध पदयात्रा अन्नपूर्ण क्षेत्रमा २०२४ मा भित्रिए दुई लाख ४४ हजार ४५ विदेशी पर्यटक
काठमाडौं । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका...