‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको अमेरिकी सेनाले जनाएको छ ।
दुवै पाइलटलाई जीवितै उद्धार गरिएको छ तर ‘प्रारम्भिक अनुसन्धानले चालक दलका एक सदस्यलाई सामान्य चोट लागेको सङ्केत गरेको छ,” संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्डले फ्लोरिडाको स्थानीय समयअनुसार शनिबार राति जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले भनेको छ, “यो घटना शत्रुतापूर्ण आक्रमण थिएन तर यसको पूर्ण अनुसन्धान भइरहेको छ।” सेन्टकमका अनुसार निर्देशित क्षेप्यास्त्र क्रुजर युएसएस गेटिसबर्गले ‘भूलवश एफ÷ए–१८’ लडाकु विमानमा प्रहार गरेको थियो।
यमनका हुथी विद्रोहीहरूले रेड सी र एडेनको खाडीमा इजरायली संलग्नता भएका व्यापारिक जहाजहरूलाई बारम्बार निशाना बनाउने गरेकाले सम्भावित विनाशकारी गल्तीले संयुक्त राज्य अमेरिका एक वर्षभन्दा बढी समयदेखि संलग्न मिसनको खतरालाई औंल्याउँछ ।
इजरायलको व्यापारिक केन्द्र तेल अभिवमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहारबाट मानिस घाइते भएको केही घण्टापछि संयुक्त राज्य अमेरिकाले शनिबार यमनको विद्रोहीको नियन्त्रणमा रहेको राजधानी यमनको लक्ष्यमा आक्रमण गरेको बताएको थियो ।
अमेरिकी सेनाले रेड सीमा हुथी ड्रोन र जहाजभेदी क्रुज क्षेप्यास्त्र पनि खसालेको छ । सन् २०२३ को अक्टोबर ७ देखि इजरायल र हमासबीच युद्ध जारी रहेको गाजामा हुथी विद्रोहीले प्यालेस्टिनीप्रति ऐक्यबद्धता जनाएका छन् ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











