इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा तेहरानले औपचारिक रूपमा विरोध जनाएको छ ।
अमेरिकी अभियोजनकर्ताले मेहदी मोहम्मद साडेघी र मोहम्मद अबेदिनिनाजाफाबादीलाई अमेरिकी निर्यात नियन्त्रण र प्रतिबन्ध कानूनको उल्लङ्घन गर्दै संयुक्त राज्य अमेरिकाबाट इरानमा अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू निर्यात गर्ने षडयन्त्र गरेको आरोप लगाएका छन् ।
अवैध रूपमा निर्यात गरिएको यो प्रविधि जनवरीमा जोर्डनमा भएको ड्रोन आक्रमणमा प्रयोग गरिएको थियो जसमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो। इरानले उक्त आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै उक्त दाबीलाई ‘आधारहीन आरोप’ भन्दै खण्डन गरेको छ ।
विदेश मन्त्रालयका अधिकारी वाहिद जलालजादेहले भन्नुभयो, “इरानविरुद्ध अमेरिकाले लगाएको क्रूर र एकपक्षीय प्रतिबन्ध र गिरफ्तारी सबै अन्तर्राष्ट्रिय कानून र मापदण्डविपरीत छ ।”
उहाँले भन्नुभयो, “मन्त्रालयले तेहरानमा अमेरिकी हितको प्रतिनिधित्व गर्ने इटालियाली कार्यवाहक राजदूत र तेहरानका लागि स्विस राजदूतलाई सोधपुछका लागि बोलाएको छ ।”
संयुक्त राज्य अमेरिकाको अनुरोधमा इटालियाली अधिकारीहरूले ३८ वर्षीय अबेदिनिनाजाफाबादीलाई सोमबार इटालीमा पक्राउ गरेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।अमेरिकामा पक्राउ परेका ४२ वर्षीय अमेरिकी–इरानी नागरिक साडेघी भएको पहिचान गरिएको छ ।
Comments
अरु समाचार
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...
-
युक्रेनको राजधानीमा भयानक विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय...
-
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
काठमाडौं । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता...
-
युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै पनि बेला वार्ताका लागि आफू तयार रहेको बताएका...
-
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै...
-
दूतावासको टोलीले दिन थाल्यो पोर्चुगलमा कन्सुलर सेवा
काठमाडौं । पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्न आएको फ्रान्सस्थित नेपाली दूतावासको टोलीले कन्सुलर सेवा पनि दिन सुरु गरेको छ...
-
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको मध्य भागमा रहेको राजमार्गमा इन्धन ट्याङ्कर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु हुनुका साथै ६५...