रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
काठमाडौं । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस)ले सोमबार जनाएको छ ।
सियोलको जासुसी निकायले गत हप्ता सांसदहरूलाई बुझाएको एक रिपोर्टअनुसार डिसेम्बरमा युद्धमा प्रवेश गरेयता कम्तीमा १०० उत्तर कोरियाली सैनिक मारिएका छन् । प्योङयाङले रूसी सेनालाई सहयोग गर्न हजारौँ कोरियाली सैनिक पठाएको छ । तीमध्ये अधिकांश सैनिक युक्रेनी सेनाले यसै वर्षको सुरुमा क्षेत्र कब्जा गरेको कुस्र्क सीमा क्षेत्रमा रहेका विश्वास गरिएको छ ।
जेसीएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सूचना र गुप्तचरका विभिन्न स्रोतहरूमार्फत हामीले हालै युक्रेनी सेनासँगको लडाइँमा संलग्न करिब एक हजार १०० उत्तर कोरियाली सैनिक जना हताहत भएको आँकलन गरेका छौँ ।
जेसीएसले भनेको छ, “रूसको युद्ध प्रयासमा सहयोग पुर्याउन उत्तर कोरियाली सैनिकको थप तैनाथीको सम्भावनामा हामी विशेष चासो राख्छौं ।” जेसीएसका अनुसार प्योङयाङले ‘चक्रानुक्रममा पूरानालाई फिर्ता बोलाई नयाँ सैनिक वा थप सैनिक तैनाथ’ गर्ने तयारी गरिरहेको छ ।
आणविक शक्ति सम्पन्न उत्तर कोरियाले युक्रेनविरुद्धको लडाइँमा मस्कोलाई थप सहयोग पु¥याउन ‘ड्रोन उत्पादन र उपलब्ध गराइरहेको’ दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ ।
उत्तर कोरियाले रुसी सेनाका लागि ’२४० एमएम रकेट लञ्चर र १७० एमएम स्वचालित तोप’ पनि उपलब्ध गराइरहेको जेसीएसले जनाएको छ ।
उत्तर कोरियाले रुस–युक्रेन युद्धको अनुभवका आधारमा आफ्नो परम्परागत युद्ध क्षमतालाई आधुनिकीकरण गर्ने लक्ष्य राखेको सियोलले जनाएको छ ।
“यसले उत्तर कोरियाको सैन्य खतरा हामीप्रति बढ्न सक्छ,” विज्ञप्तिमा भनिएको छ। पछिल्लो निष्कर्ष राष्ट्रिय गुप्तचर सेवाको एक रिपोर्टसँग मिल्दोजुल्दो छ । दक्षिण कोरियाली सांसदहरूलाई जानकारी गराइएको रिपोर्टमा उत्तर कोरियाको सैन्य योगदानको लागि रूसले प्योङयाङको परम्परागत हतियारको आधुनिकीकरण’ मा सघाउने सहमति भएको उल्लेख छ ।
सन् २०२२ को फेब्रुअरीमा मस्कोले युक्रेनमा आक्रमण गरेपछि उत्तर कोरिया र रूसबीच सैन्य सम्बन्ध बलियो बनेको छ । प्योङयाङ र मस्कोबीच गत जुनमा हस्ताक्षर भएको ऐतिहासिक रक्षा सम्झौता यही डिसेम्बरदेखि लागू भएको छ ।
विज्ञहरुका अनुसार उत्तर कोरियाली नेता किम जोङ उन रुसबाट अत्याधुनिक प्रविधि र आफ्ना सैनिकका लागि युद्धको अनुभव हासिल गर्न इच्छुक छन् ।
प्योङयाङले बिहीबार संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले युक्रेनमा रूसको युद्धमा उत्तर कोरियाको समर्थनको आलोचना गर्दै संयुक्त वक्तव्य जारी गरेकोमा अमेरिका र उसका सहयोगीहरूका आलोचना गरेको छ । प्योङयाङले वक्तब्यलाई ‘लापरबाहीपूर्ण उक्साहट’ को संज्ञा दिएको छ ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












