मोजाम्बिकमा जेल तोडेर १५ सय कैदी भागे
काठमाडौं । मोजाम्बिकमा भइरहेको राजनीतिक अशान्तिको फाइदा लिँदै १५ सय कैदीहरू जेलबाट भागेका छन्।
त्यहाँ सम्पन्न निर्वाचनको परिणामलाई लिएर झडप भइरहेको समयमा नै सो आक्रमण भएको हो। प्रहरीले दिएको जानकारी अनुसार सुरक्षा गार्डसँगै भएको भिडन्तमा ३३ जना मारिए भने १५ जना घाइते भए।
भागी सकेका १५० जनालाई भने फेरि पक्रिएको छ। गत अक्टोबरमा भएको निर्वाचनको परिणामको विषयमा त्यहाँ कानुनी लडाइँ चलिरहेको थियो। अदालतले सन् १९७५ देखि सत्ता चलाइरहेको फ्रेलिमो पार्टीले नै जित हात पारेको निर्णय भएपछि धेरै अशान्ति भएको हो।
बुधबार राजधानी मापुटोमा सरकार विरोधी प्रदर्शनकर्ता पुगेका थिए। कैदीले आफूलाई त्यहाँबाट बचाउनका लागि सुरक्षाकर्मीसँग झडप गरेका हुन्।
सत्तारुढ दलका डानियल चापोले अक्टोबरमा भएको निर्वाचनमा जित हात पारेको जनाइएको थियो। सोमबार संवैधानिक अदालतले पनि उनैलाई विजयै घोषणा गरेको हो।
अक्टोबरमा भएको निर्वाचनमा चापोले ७१ प्रतिशत तथा उनका मुख्य प्रतिद्वन्द्वी भेनान्सियो मोन्डलाइनले २० प्रतिशत मत पाएका थिए। अहिले संवैधानिक अदालतले गरेको निर्णय अनुसार चापोले ६५ तथा मोन्डलाइनले २४ प्रतिशत मत पाएका हुन्।
सोमबार सोही घोषणापछि भएको हिंसामा कुल २१ जनाको ज्यान गएको त्यहाँको प्रहरीले जनाएका छन्।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











