रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु
काठमाडौं । युक्रेनविरुद्धको रूसको युद्धका क्रममा पक्राउ परेका उत्तर कोरियाली सैनिकको चोटका कारण मृत्यु भएको दक्षिण कोरियाली गुप्तचर निकायले शुक्रबार जनाएको छ ।
प्योङयाङले रूसी सेनालाई सहयोग गर्न हजारौँ सैनिक तैनाथ गरेको छ र उनीहरू प्राय कुस्र्क सीमा क्षेत्रमा तैनाथ छन् । कुस्र्क अगस्टमा युक्रेनले नियन्त्रणमा लिएको रूसी क्षेत्र हो ।
उत्तर कोरियाली सैनिकमध्ये एक जनालाई युक्रेनी सेनाले बिहीबार जीवितै नियन्त्रणमा लिएको दक्षिण कोरियाली गुप्तचर स्रोतले एएफपीलाई जानकारी दिएको छ ।
कुस्र्कमा तैनाथ उत्तर कोरियाली सैनिक समातिएको केही घण्टापछि सियोलको नेसनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले ती सैनिकको मृत्यु भएको जनाएको हो ।
दक्षिण कोरियाली गुप्तचर निकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “डिसेम्बर २६ मा जीवितै पक्राउ परेका उत्तर कोरियाली सैनिकको गम्भीर चोटका कारण मृत्यु भएको छ ।”
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेनामा सामेल भएका करिब तीन हजार उत्तर कोरियाली सैनिक मारिएको वा घाइते भएको बताएका थिए ।
दक्षिण कोरियाको गुप्तचर सेवाले यसअघि हताहत (मृत्यु वा घाइते हुने) उत्तर कोरियाली सैनिकको सङ्ख्या एक हजार रहेको बताएको थियो ।
दक्षिण कोरियाली अधिकारीले युद्धभूमिको अपरिचित वातावरण र ड्रोन आक्रमणको सामना गर्ने क्षमताको कमीका कारण मृत्यु हुने उत्तर कोरियाली सैनिकको सङ्ख्या उच्च हुन सक्ने बताएका छन ।
दक्षिण कोरियाली गुप्तचर निकायको जानकारीपछि गत साता बोल्दै सांसद ली सियोङ–क्विनले प्योङयाङका सैनिकलाई ‘प्रयोग गर्न सकिने अग्रपङ्तीमा खटाइएको’ बताएका थिए ।
सन् २०२२ को फेब्रुअरीमा मस्कोले युक्रेनमा आक्रमण गरेपछि उत्तर कोरिया र रूसबीच सैन्य सम्बन्ध बलियो बनेको छ ।
गत जुन महिनामा प्योङयाङ र मस्कोबीच हस्ताक्षर भएको ऐतिहासिक रक्षा सम्झौता यसै महिना लागू भएको थियो र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई ‘सफल दस्तावेज’ को संज्ञा दिएका थिए ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












