टी-२० वरीयता अपडेट: अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२४ को अन्तिम खेलाडी वरीयता सार्वजनिक गर्दा नेपाली खेलाडीको अवस्थामा खस्किएको छ । आईसीसीले डिसेम्बर ३१ मा सार्वजनिक गरेको वरीयतामा सबै नेपाली खेलाडीको वरीयता खस्किएको हो । आईसीसीले टी२०आई वरीयता र टेस्ट वरीयता मात्र अपडेट गरेको छ ।
टी–२०आई वरीयतामा नेपाली खेलाडी सबैभन्दा उच्च स्थानमा दीपेन्द्रसिंह ऐरी छन् । उनी गत असोजयता लगातार अलराउन्डरतर्फको वरीयतामा दोस्रो स्थानमा यथावत छन् । आईसीसीको पछिल्लो अपेडटमा पनि उनी दोस्रो स्थानमा यथावत छन् । यो क्याटागोरीमा भारतका हार्दिक पंड्या शीर्ष स्थानमा छन् ।
दोस्रो स्थानमा ऐरी र तेस्रो स्थानका इंग्यल्यान्डका लियम लिभिङ्ग्सटनको रेटिङ प्वाइन्ट एक मात्र फरक छ । यो क्याटागोरीमा नेपालका ६ जना खेलाडी टप सयभित्र छन् । तर, सबैको वरीयता खस्किएको छ । गुल्सन झा एक स्थान खस्किएर ३५ औँ स्थानमा पुगेका छन् । कुशल मल्ल एक स्थान खस्केर ४७ औँ, कुशल भुर्तेल ५४ औँमा यथावत, रोहित पौडेल एक स्थान खस्केर ५७ औँ र करण केसी ७५ औँमा यथावत छन् ।
यस्तै ब्याटिङतर्फ पनि नेपाली खेलाडीको वरीयता खस्किएको छ । दीपेन्द्रसिंह ऐरी १ स्थान खस्केर ५१ औँ, रोहित पौडेल ६० मा यथावत, आसिफ शेखर ६९ मा यथावत, कुशल भुर्तेल दुई स्थान सुधारपछि १०० मा आएका छन् । ब्याटिङतर्फ टप सयभित्र ४ जना मात्र ब्याटर छन् ।
यस्तै बलिङतर्फ नेपाली खेलाडीको अवस्था झन दयनीय छ । टप सयभित्र नेपालका मात्र दुई जना खेलाडी छन् । दीपेन्द्रसिंह ऐरी २ स्थान खस्केर ६२ औँ र सोमपाल कामी एक स्थान खस्केर ८९ औँ स्थानमा छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











