सुनकोसी नदीमा बाँध निर्माण सुस्त, सात प्रतिशत मात्रै प्रगती
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोसी नदीमा बाँध निर्माण कार्य सुस्त छ ।
पटेल–रमण जेभीले सुनकोसी नदीमा बाँध निर्माण कार्य चार वर्ष सात महिनामा सक्नेगरी २०७९ साल माघ महिनामा सम्झौता गरी काम अघि बढाएको भएपनि अहिलेसम्म करिब सात प्रतिशत मात्रै प्रगती भएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार ठेक्का सम्झौता अवधिको ४२ प्रतिशत समय पूरा भइसकेको अवस्था छ । यो अवधिमा बाँध निर्माणको प्रगती ३० प्रतिशतभन्दा माथि नै हुनु पर्नेथ्यो ।
आयोजना प्रमुख बद्रि कार्कीले बाँध निर्माणका लागि जेभीमा दुई वटा निर्माण कम्पनीले सम्झौता गरेको भए पनि रमण कन्ट्रक्सनले मात्रै गर्दै आएको जानकारी दिए । उनले भने, “हालसम्मको बाँध निर्माणको स्थायी संरचना कार्य प्रगति निकै सुस्त छ । हालसम्म जति समय बित्यो, त्यती नै कार्य प्रगती हुनु पर्नेमा सात प्रतिशत मात्रै पूरा भएको छ ।”
प्रगती भएको सात प्रतिशत पनि स्थायी संरचना निर्माणको नभएको उनको भनाइ छ । “आयोजनाले पटेल–रमण जेभीसँग छलफल गरी रमणले काम गर्न सक्दैन भन्ने निष्कर्षमा पुगी सकेका छौं,” आयोजना प्रमुख कार्कीले भने, “अब ठेक्का तोडेर कारबाहीमा जानु पर्छ भन्ने निष्कर्षमा हामी पुगी सक्यौँ । ठेक्का तोड्न पनि प्रक्रिया हुन्छ ।”
ठेक्का तोड्ने चरणमा आयोजना पुगि सकेपछि पटेल सम्पर्कमा आई म गर्छु भनेकाले एक पटक मौका दिने भनेर अहिले कुरा भई रहेको उनले स्पष्ट पारे । आयोजनाका अनुसार सुनकासी नदीमा बाँध निर्माणको स्थायी संरचनाको काम अहिलेसम्म सुरु भएको छैन । सकिएको सात प्रतिशत कार्य प्रगती पनि अस्थायी नै हो ।
पटेल–रमण जेभीले बाध निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपियाँ लागतमा ठेक्का सम्झौता गरेको छ । सुनकोसी नदीमा करिब ३० मिटर आग्लो र एक सय ५८ मिटर लामो बाँध निर्माण भएपछि १३ दशमलव तीन किलो मिटर लम्बाईको सुरुङमार्फत् कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ । त्यहाँ ६६ दशमलब २९ मिटर हेटडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत् उत्पादन गरिने छ ।
उक्त आयोजना अन्तर्गत सुनकोसी तथा तामाकोसीको दोभान भन्दा नौ सय मिटर तल सिन्धुलीको सुनकोसी गाँउपालिका–७ कानढुङ्ग्रीमा सुनकोसी नदीमा बाँध निर्माण सुरु भएको आयोजनाले जनाएको छ । सुनकोसी नदीको पानी मरिण खोलामा खसाल्न १३ दशमलव तीन किलो मिटर लामो सुरुङ् निर्माण गरेर गत वर्ष बैशाखमा नै ‘ब्रेक थ्र’ भई ९७ प्रतिशत कार्य प्रगती भएको आयोजना प्रमुख कार्कीले जानकारी दिए ।
आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपियाँ रहेकोमा पछिल्लो अपडेट हुँदा ४९ अर्ब ४२ करोड रुपियाँ पुगेको आयोजनाले जनाएको छ । आर्थिक वर्ष ०७७-०७८ बाट शुरु भएको आयोजना ०८४-०८५ सम्ममा सक्ने लक्ष्य छ ।
आयोजना अनुसार पहिलो चरणको काम अन्तर्गत सुरुङ निर्माण रहेको छ । दोस्रो चरणको काम अन्तर्गत बाँध, पावर हाउस, पानी फर्काउने इन्टेक लगायतका संरचना निर्माण रहेको छ । तेस्रो चरणको काम विद्युत् गृहभित्र विद्युत् उत्पादन गर्नुपर्ने संरचना बनाउनु पर्ने छ । चौथो चरणमा उत्पादन भएको विद्युत् सर्लाहीको नवलपुर पुर्याएर राष्ट्रिय प्रशारण लाइनमा जोड्नु पर्नेछ ।
सुनकोसी नदीमा बाँध निर्माण गरेपछि उक्त सुरुङमार्फत् प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालीने छ । बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने रहेको आयोजनाले जनाएको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












