सुनकोसी नदीमा बाँध निर्माण सुस्त, सात प्रतिशत मात्रै प्रगती
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोसी नदीमा बाँध निर्माण कार्य सुस्त छ ।
पटेल–रमण जेभीले सुनकोसी नदीमा बाँध निर्माण कार्य चार वर्ष सात महिनामा सक्नेगरी २०७९ साल माघ महिनामा सम्झौता गरी काम अघि बढाएको भएपनि अहिलेसम्म करिब सात प्रतिशत मात्रै प्रगती भएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार ठेक्का सम्झौता अवधिको ४२ प्रतिशत समय पूरा भइसकेको अवस्था छ । यो अवधिमा बाँध निर्माणको प्रगती ३० प्रतिशतभन्दा माथि नै हुनु पर्नेथ्यो ।
आयोजना प्रमुख बद्रि कार्कीले बाँध निर्माणका लागि जेभीमा दुई वटा निर्माण कम्पनीले सम्झौता गरेको भए पनि रमण कन्ट्रक्सनले मात्रै गर्दै आएको जानकारी दिए । उनले भने, “हालसम्मको बाँध निर्माणको स्थायी संरचना कार्य प्रगति निकै सुस्त छ । हालसम्म जति समय बित्यो, त्यती नै कार्य प्रगती हुनु पर्नेमा सात प्रतिशत मात्रै पूरा भएको छ ।”
प्रगती भएको सात प्रतिशत पनि स्थायी संरचना निर्माणको नभएको उनको भनाइ छ । “आयोजनाले पटेल–रमण जेभीसँग छलफल गरी रमणले काम गर्न सक्दैन भन्ने निष्कर्षमा पुगी सकेका छौं,” आयोजना प्रमुख कार्कीले भने, “अब ठेक्का तोडेर कारबाहीमा जानु पर्छ भन्ने निष्कर्षमा हामी पुगी सक्यौँ । ठेक्का तोड्न पनि प्रक्रिया हुन्छ ।”
ठेक्का तोड्ने चरणमा आयोजना पुगि सकेपछि पटेल सम्पर्कमा आई म गर्छु भनेकाले एक पटक मौका दिने भनेर अहिले कुरा भई रहेको उनले स्पष्ट पारे । आयोजनाका अनुसार सुनकासी नदीमा बाँध निर्माणको स्थायी संरचनाको काम अहिलेसम्म सुरु भएको छैन । सकिएको सात प्रतिशत कार्य प्रगती पनि अस्थायी नै हो ।
पटेल–रमण जेभीले बाध निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपियाँ लागतमा ठेक्का सम्झौता गरेको छ । सुनकोसी नदीमा करिब ३० मिटर आग्लो र एक सय ५८ मिटर लामो बाँध निर्माण भएपछि १३ दशमलव तीन किलो मिटर लम्बाईको सुरुङमार्फत् कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ । त्यहाँ ६६ दशमलब २९ मिटर हेटडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत् उत्पादन गरिने छ ।
उक्त आयोजना अन्तर्गत सुनकोसी तथा तामाकोसीको दोभान भन्दा नौ सय मिटर तल सिन्धुलीको सुनकोसी गाँउपालिका–७ कानढुङ्ग्रीमा सुनकोसी नदीमा बाँध निर्माण सुरु भएको आयोजनाले जनाएको छ । सुनकोसी नदीको पानी मरिण खोलामा खसाल्न १३ दशमलव तीन किलो मिटर लामो सुरुङ् निर्माण गरेर गत वर्ष बैशाखमा नै ‘ब्रेक थ्र’ भई ९७ प्रतिशत कार्य प्रगती भएको आयोजना प्रमुख कार्कीले जानकारी दिए ।
आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपियाँ रहेकोमा पछिल्लो अपडेट हुँदा ४९ अर्ब ४२ करोड रुपियाँ पुगेको आयोजनाले जनाएको छ । आर्थिक वर्ष ०७७-०७८ बाट शुरु भएको आयोजना ०८४-०८५ सम्ममा सक्ने लक्ष्य छ ।
आयोजना अनुसार पहिलो चरणको काम अन्तर्गत सुरुङ निर्माण रहेको छ । दोस्रो चरणको काम अन्तर्गत बाँध, पावर हाउस, पानी फर्काउने इन्टेक लगायतका संरचना निर्माण रहेको छ । तेस्रो चरणको काम विद्युत् गृहभित्र विद्युत् उत्पादन गर्नुपर्ने संरचना बनाउनु पर्ने छ । चौथो चरणमा उत्पादन भएको विद्युत् सर्लाहीको नवलपुर पुर्याएर राष्ट्रिय प्रशारण लाइनमा जोड्नु पर्नेछ ।
सुनकोसी नदीमा बाँध निर्माण गरेपछि उक्त सुरुङमार्फत् प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालीने छ । बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने रहेको आयोजनाले जनाएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











