इरानले सन् २०२४ मा कम्तीमा ९०१ जनालाई मृत्युदण्ड दिएको छ : राष्ट्र संघ
तेहरान । इरानी अधिकारीहरूले गत वर्ष ९०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घका मानवाधिकार (आइएचआर) प्रमुखले मङ्गलबार बताएका छन् । यसमा डिसेम्बरको एकै हप्तामा करिब ४० जनालाई मृत्युदण्ड दिइएको छ । “फेरि पनि हामीले इरानमा वर्षैपिच्छे मृत्युदण्ड पाउने व्यक्तिको सङ्ख्यामा वृद्धि देखिरहनु अत्यन्त चिन्ताजनक छ”, भोल्कर टर्कले भन्नुभयो, “सन् २०२४ मा कम्तीमा ९०१ जनालाई मृत्युदण्ड दिइएको बताइएको छ ।”
यो सङ्ख्या सन् २०२३ मा इरानमा मृत्युदण्ड दिइएका कम्तीमा ८५३ जनाको तुलनामा बढी हो । “इरानले मृत्युदण्डको यो बढ्दो लहरलाई रोक्ने समय आएको छ”, टर्कले विज्ञप्तिमा भन्नुभयो । इरानले हत्या, लागुऔषध तस्करी, बलात्कार र यौन दुव्र्यवहार लगायतका प्रमुख अपराधका लागि मृत्युदण्डको सजाय प्रयोग गर्दछ । इरानमा फाँसीमा वृद्धिप्रति कार्यकर्ताहरू बढ्दो रूपमा चिन्तित छन् । एम्नेस्टी इन्टरनेसनल लगायत मानव अधिकार समूहहरूका अनुसार इरानले चीनबाहेक अन्य कुनै पनि मुलुकको तुलनामा प्रतिवर्ष बढी मानिसलाई मृत्युदण्ड दिन्छ । यसका लागि कुनै विश्वसनीय तथ्याङ्क उपलब्ध छैन ।
उनीहरूले विशेष गरी सन् २०२२–२०२३ को देशव्यापी विरोधको पृष्ठभूमिमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका अधिकारीहरूमाथि समाजमा भय फैलाउने साधनको रूपमा मृत्युदण्डको प्रयोग गरिरहेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसङ्घको मानवाधिकार कार्यालयले गत वर्षको अधिकांश मृत्युदण्ड लागुऔषधसँग सम्बन्धित अपराधका लागि भएको तर ‘विद्रोही र सन् २०२२ को विरोध प्रदर्शनसँग सम्बन्धित मानिसहरूलाई पनि मृत्युदण्ड दिइएको’ बताएको छ । “मृत्युदण्ड दिइएका महिलाहरूको सङ्ख्यामा पनि वृद्धि भएको थियो ।” आइएचआरले सोमबार एक रिपोर्टमा सन् २०२४ मा इरानमा कम्तीमा ३१ महिलालाई मृत्युदण्ड दिइएको बताएको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












