चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइते
काठमाडौं । चीनको दक्षिण पश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएको सात म्याग्निच्यूडको भुकम्पमा परेर मृत्यु हुने मानिसको संख्या १२६ पुगेको छ ।
भुकम्पमा परेर अन्य १८८ जना घाइते भएका छन् । करिव ३ हजार घरमा क्षति पुगेको छ । भूकम्प गएपछि तिब्बतको शिगात्से शहरमा सयौँ भवनहरू भत्किएका छन् । सो क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सय भन्दा बढी उद्धारकर्ता र तीन सय ४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको बी.बी.सी. ले जनाएको छ । चिनियाँ सेनाले उद्धार प्रयास शुुरु गरेको र मानव रहित ड्रोनलाई सगरमाथा नजिकै अवस्थित दुर्गम क्षेत्रमा परिचालित गरेको जनाएको छ ।
चिनिया सञ्चार मध्यमले उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेको र प्रभावित मानिसहरूलाई कठ्याङ्ग्रिने जाडो बाट जोगिन कम्बल वितरण गरेको दृश्य प्रशारण गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले क्षति कम गर्नका लागि पूर्ण स्तरको खोज र उद्धार प्रयास अनि प्रभावितहरूको पुनर्वासका लागि आह्वान गरेका छन् ।
चिनिया समय अनुसार मंगलबार बिहान ९ बजेर पाँच मिनेटमा सगाजे शहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिप केन्द्र भएर भुकम्प गएको हो । नेपाल–चीन सीमामा अवस्थित सगरमाथा क्षेत्र नजिकै केन्द्रबिन्दु बनाएर गएको भूकम्पछि कैयौँ परकम्पहरू मापन भएका छन ।
भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायरा भित्र २७ गाउँ र करिब ६ हजार ९ सय मानिसको बसोबास रहेको समाचारमा उल्लेख छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











