बाक्लो हुस्सु र शितलहरका कारण नारायणघाट–बुटवल यात्रा सकसपूर्ण
काठमाडौं । बाक्लो हुस्सु र शितलहरका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको यात्रा निकै सकसपूर्ण हुने गरेको छ । चिनियाँ ठेकेदार कम्पनीले निर्धारित समयमा काम नगर्दा धुलाम्य भएको सडकमा बाक्लो हुस्सु र शितलहले बाटो चिप्लो भएपछि सवारी साधन आवागमनमा निक्कै समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेसम बोहोराले बताए ।
यस सडकको दाउन्ने खण्ड पार गर्न निक्कै सास्ती भोग्नु परेको यात्रुले बताएका छन् । काठमाडौँबाट बुटवल जाँदै गरेका सिमोन न्यौपानेले ८ घण्टासम्म पनि दाउन्ने पार गर्न नसकेको बताए । बुधवार बिहान साढे एक बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको सडक बिहीबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो ।
तर राति फेरि समस्या भएको र त्यसमाथि ट्रिपरले चिप्लिएर तीन वटा सवारी साधनलाई ठक्कर दिएपछि पूर्ण रूपमा अवरुद्ध भएको सडक बिहानदेखि फेरी एकतर्फी सञ्चालन भइरहेको प्रहरी नायव उपरीक्षक बोहोराले बताए । नवलपरासीको बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा बाटोमा अवरोध भएको र वैकल्पिक मार्ग नभएकाले सवारी साधनलाई सहज ढङ्गले पार गराउन समस्या भएको प्रहरीले जनाएको छ ।
सम्झौताअनुसार काम भएको भए बुटवलबाट नारायणगढ सडक खण्ड विस्तारको काम दुई वर्ष पहिले नै सम्पन्न भइसक्नुपर्ने थियो । सडकको अवस्था राम्रो हुँदा दुई घण्टामा पार गरिने नारायणघाट–बुटवल सडक खण्ड पार गर्न अहिले ५ देखि ८ घण्टासम्म लाग्ने गरेको छ ।
कतिपय यात्रुले भने रातभरमा हिँडेर दाउन्ने खण्ड पार गरेका छन् । यो बाटो निर्माणका क्रममा रहेको र चिनियाँ ठेकेदार कम्पनीको लापरवाहीका कारण यात्रुले यो सडक खण्ड पार गर्न सधै जसो सास्ती खेप्नु परेको छ ।
सवारी सधानको सहज आवागमनका लागि प्रयास भइरहेको भए पनि कठिनाइ भएको बोहोराले बताए । पुस लागेदेखि नै तराईका जिल्लाहरूमा बिहान अबेरसम्म नै बाक्लो हुस्सु र शितलहर चल्ने गरेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












