बाक्लो हुस्सु र शितलहरका कारण नारायणघाट–बुटवल यात्रा सकसपूर्ण
काठमाडौं । बाक्लो हुस्सु र शितलहरका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको यात्रा निकै सकसपूर्ण हुने गरेको छ । चिनियाँ ठेकेदार कम्पनीले निर्धारित समयमा काम नगर्दा धुलाम्य भएको सडकमा बाक्लो हुस्सु र शितलहले बाटो चिप्लो भएपछि सवारी साधन आवागमनमा निक्कै समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेसम बोहोराले बताए ।
यस सडकको दाउन्ने खण्ड पार गर्न निक्कै सास्ती भोग्नु परेको यात्रुले बताएका छन् । काठमाडौँबाट बुटवल जाँदै गरेका सिमोन न्यौपानेले ८ घण्टासम्म पनि दाउन्ने पार गर्न नसकेको बताए । बुधवार बिहान साढे एक बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको सडक बिहीबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो ।
तर राति फेरि समस्या भएको र त्यसमाथि ट्रिपरले चिप्लिएर तीन वटा सवारी साधनलाई ठक्कर दिएपछि पूर्ण रूपमा अवरुद्ध भएको सडक बिहानदेखि फेरी एकतर्फी सञ्चालन भइरहेको प्रहरी नायव उपरीक्षक बोहोराले बताए । नवलपरासीको बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा बाटोमा अवरोध भएको र वैकल्पिक मार्ग नभएकाले सवारी साधनलाई सहज ढङ्गले पार गराउन समस्या भएको प्रहरीले जनाएको छ ।
सम्झौताअनुसार काम भएको भए बुटवलबाट नारायणगढ सडक खण्ड विस्तारको काम दुई वर्ष पहिले नै सम्पन्न भइसक्नुपर्ने थियो । सडकको अवस्था राम्रो हुँदा दुई घण्टामा पार गरिने नारायणघाट–बुटवल सडक खण्ड पार गर्न अहिले ५ देखि ८ घण्टासम्म लाग्ने गरेको छ ।
कतिपय यात्रुले भने रातभरमा हिँडेर दाउन्ने खण्ड पार गरेका छन् । यो बाटो निर्माणका क्रममा रहेको र चिनियाँ ठेकेदार कम्पनीको लापरवाहीका कारण यात्रुले यो सडक खण्ड पार गर्न सधै जसो सास्ती खेप्नु परेको छ ।
सवारी सधानको सहज आवागमनका लागि प्रयास भइरहेको भए पनि कठिनाइ भएको बोहोराले बताए । पुस लागेदेखि नै तराईका जिल्लाहरूमा बिहान अबेरसम्म नै बाक्लो हुस्सु र शितलहर चल्ने गरेको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












