झापामा कोशी प्रदेशकै लामो पुल निर्धारित समय अगावै निर्माण सम्पन्न
काठमाडौं । झापामा कोशी प्रदेशको सबैभन्दा लामो र देशको तेस्रो लामो झोलुङ्गे पुल निर्धारित समय भन्दा अगावै निर्माण सम्पन्न भएको छ । सरकारका महत्वपूर्ण आयोजना मध्येको एक ठुलो योजना मानिएको उक्त पुलको निर्माण निर्धारित समयभन्दा निक्कै अगावै काम सकिएर उद्घाटन भएको हो ।
बुद्ध शान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि निर्माण थालिएको उक्त पुलको गत असार २४ गते शिलान्यास भएको पुलको उद्घाटन ६ महिनाभित्रै बिहीबार उद्घाटन भएको हो । पुलको उद्घाटन झापा क्षेत्र नं. १का सांसद तथा नेपाली कांग्रेसका माहामन्त्र विश्वप्रकाश शर्माले आज गरेका छन् । टिमाई खोलामाथि निर्माण भएको झोलुङ्गे पुल ४७६ मिटर लम्बाइको छ ।
५ करोड ९८ लाख ८१ हजार ७६१ रुपियाँ ३५ पैसामा थानी जगदम्बा जेभी काठमाडौंले निर्माण सम्झौता गरेको थियो । २०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्नेमा डेढ वर्ष अगावै निर्माण सम्पन्न भएपछि स्थानीयहरू खुसी भएका छन् ।
सङ्घीय सरकारबाट समयमै पैसा निकासा, स्थानीय तहको सजगता, टेन्डर प्राप्त व्यवसायीको इमानदारी अनि मेहनती श्रमिकहरूको रातदिनको खटाइका कारण निर्धारित समयभन्दा धेरै अगावै योजना सम्पन्न भएको नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य शर्माले बताए ।
९० मेट्रिक टन भारवहन क्षमता रहेको यो झोलुङ्गे पुलले एक पटकमा ६ सय ४७ पदयात्रीको भार थेग्न सक्ने बताइएको छ । बुद्ध शान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले पुलले आवतजावतमा सहजता ल्याउनुका साथै पालिकामा नयाँ पर्यटकीय गन्तव्य बनेको बताए । अहिले दैनिक सयौँको सङ्ख्यामा पुलमा फोटो खिच्न र टिकटक बनाउन पर्यटकहरू आउने गरेको उनको भनाइ छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












