पनौतीमा बाढीपहिरो प्रभावितको जग्गा यकिन गरिँदै
काठमाडौं । गत असोज दोस्रोसाताको बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीका स्थानीयको जमिनको यकिन गर्न सुरु गरिएको छ । बाढीपहिरोले व्यक्तिको घर तथा जमिनको अवस्थितिसमेत तहसनहस पारेपछि जमिनको अवस्था साविकमा ल्याउन पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्तरुपमा उक्त कार्य सुरु गरेका हुन् ।
बाढीपहिरोबाट भएको क्षतिको मुल्याङ्कनसँगै सबै किसिमका जग्गाको अवस्था साविकमा ल्याउन नगरको वडा नं १२ रोशीस्थित भुमेडाँडा क्षेत्रबाट उक्त कार्य सुरु गरिएको हो । सो क्षेत्रमा हाल खोला र जग्गाको कित्ताको पुनःस्थापना शुरु गरिएको नगरले जनाएको छ । नगरप्रमुख रामशरण भण्डारीले व्यक्तिले भागचलन गर्दै आएका जमिनको अवस्थासमेत नहुनेगरी बाढीपहिरोले तहसनहस पारेपछि जमिनको साविक अवस्था पत्ता लगाई एकीन गर्ने कार्यको थालनी गरिएको बताए । “व्यक्तिले आफ्नो जग्गा उपभोग गर्न समस्या निम्तिएपछि जग्गको अवस्था एकीनको विकल्प देखिएन”, उनले भने । उनका अनुसार आवश्यक परे डिजिटल नापी कार्यालय बनेपाबाट समन्वय र सहयोग लिइनेछ ।
पनौती नगर कार्यालय, नापी कार्यालय तथा भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रबाट कर्मचारी खटाई रोशी क्षेत्रमा रोशी खोलाको ‘ले आउट’ सहितको कार्य प्रारम्भ गरिएको हो । तीन कार्यालयका टोलीले डिजिपिएस, ड्रोन, टोटल स्टेशन आदिको प्रयोग गरी अध्ययन गरिरहेको नापी कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुषालले बताए। उनका अनुसार टोलीले डिजिपिएसका प्रविधिबाट साविकको खोला, कित्ता र खानी क्षेत्रको जमिन देखाउने छ । उक्त क्षेत्रको जमिनको एकीन गर्न तीन महिना लाग्ने जनाइएको छ ।
पनौती नगरमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो । ५ सय ८६ घर पूर्ण तथा ९ सय ४४ घर आंशिक क्षति पुगेको थियो । उक्त क्षेत्रमा ११ हजार ६ सय ३७ रोपनी व्यक्तिगत खेतबारीमा क्षति पुगेको नगरले जनाएको छ गत असोज दोस्रोसाताको बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीका स्थानीयको जमिनको यकिन गर्न सुरु गरिएको छ । बाढीपहिरोले व्यक्तिको घर तथा जमिनको अवस्थितिसमेत तहसनहस पारेपछि जमिनको अवस्था साविकमा ल्याउन पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्तरुपमा उक्त कार्य सुरु गरेका हुन् ।
बाढीपहिरोबाट भएको क्षतिको मुल्याङ्कनसँगै सबे किसिमका जग्गाको अवस्था साविकमा ल्याउन नगरको वडा नं १२ रोशीस्थित भुमेडाँडा क्षेत्रबाट उक्त कार्य सुरु गरिएको हो । सो क्षेत्रमा हाल खोला र जग्गाको कित्ताको पुनःस्थापना शुरु गरिएको नगरले जनाएको छ । नगरप्रमुख रामशरण भण्डारीले व्यक्तिले भागचलन गर्दै आएका जमिनको अवस्थासमेत नहुनेगरी बाढीपहिरोले तहसनहस पारेपछि जमिनको साविक अवस्था पत्ता लगाई एकीन गर्ने कार्यको थालनी गरिएको बताए । “व्यक्तिले आफ्नो जग्गा उपभोग गर्न समस्या निम्तिएपछि जग्गको अवस्था एकीनको विकल्प देखिएन”, उनले भने । उनका अनुसार आवश्यक परे डिजिटल नापी कार्यालय बनेपाबाट समन्वय र सहयोग लिइनेछ ।
पनौती नगर कार्यालय, नापी कार्यालय तथा भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रबाट कर्मचारी खटाई रोशी क्षेत्रमा रोशी खोलाको ‘ले आउट’ सहितको कार्य प्रारम्भ गरिएको हो । तीन कार्यालयका टोलीले डिजिपिएस, ड्रोन, टोटल स्टेशन आदिको प्रयोग गरी अध्ययन गरिरहेको नापी कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुषालले बताए । उनका अनुसार टोलीले डिजिपिएसका प्रविधिबाट साविकको खोला, कित्ता र खानी क्षेत्रको जमिन देखाउने छ । उक्त क्षेत्रको जमिनको एकीन गर्न तीन महिना लाग्ने जनाइएको छ ।
पनौती नगरमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो । ५ सय ८६ घर पूर्ण तथा ९ सय ४४ घर आंशिक क्षति पुगेको थियो । उक्त क्षेत्रमा ११ हजार ६ सय ३७ रोपनी व्यक्तिगत खेतबारीमा क्षति पुगेको नगरले जनाएको छ ।
Comments
अरु समाचार
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...












