मोरङ र झापा खाँदबारीमा जारी तीनपोखरी आमन्त्रण कपको सेमिफाइनल प्रवेश
काठमाडौं । सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रण कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली प्रवेश गरेका छन् ।
खाँदबारी रङ्गशालामा शनिबार शीतलपाटी फुटबल क्लबलाई २–१ गेलले हराउँदै बुल्स–११ सेमिफाइनलमा पुगेको हो । बुल्सका लागि रोशनकुमार माझीले दोस्रो हाफको सातौँ मिनेटमा र ३०औँ मिनेटमा निश्चल खड्काले गोल गरेका थिए । शीतलपाटीका तर्फबाट पहिलो हाफको ३०औँ मिनेटमा विजय भुजेलले सान्त्वना गोल गरेका थिए ।
शनिबार भएको अर्को खेलमा एड्भान्स क्लबको तर्फबाट पहिलो हाफको तेस्रो मिनेटमा वसन्त ओझाले गोल गरेर खेललाई अग्रता दिलाए । खेलको ३०औँ मिनेटमा चुलाचुलीका तीर्थ बस्नेतले गोल फर्काएर बराबरी गरे । दोस्रो हाफमा चुलाचुलीका तीर्थ बस्नेतले अर्को गोल थपेर आफ्नो टोलीलाई विजयी बनाए ।
यसअघि एपिएफ कोशी प्रदेश र आयोजक तीनपोखरी क्लब सेमिफाइनलमा पुगिसकेका छन् । प्रतियोगितामा जिल्ला बाहिरका तीन र जिल्लाभित्रका पाँच क्लब सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित रु दुई लाख २५ हजार पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले नगद रु एक लाख १० हजार पाउने छ भने सेमिफाइन पुगेका दुई टोलीले रु २५ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोेगिताको फाइनल खेल आगामी माघ १ गते हुनेछ ।
Comments
अरु समाचार
-
स्वर्णलक्ष्मी सहकारी ठगी: रविको बयान सकियो, थुनछेक बहस सुरु
काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापती रवि लामिछानेको काठमाडौं जिल्ला अदालतमा बयान सकिएको छ । न्यायाधीश माधवप्रसाद...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...
-
महान्यायाधिवक्ता बडालद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल...
-
माघे सक्रान्ति नजिकिएसँगै सखरखण्डर र पिँडालुको मूल्य उच्च
काठमाडौँ: कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी...
-
उपप्रधानमन्त्री पौडेल भन्छन्– जलवायु परिवर्तनका मुद्दा सबै मिलेर समाधान गर्नुपर्छ
काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषय कुनै मुलुकको मात्रै नभई विश्व्यापी साझा मुद्दा...
-
नेपाल–भारत संयुक्त व्यापार मञ्च बैठक : द्विपक्षीय व्यापार विस्तारमा जोड
काठमाडौँ : नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक द्विपक्षीय व्यापार विस्तारमा जोड दिँदै शनिबार बेलुका काठमाडौंमा सम्पन्न भएको...
-
तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौँ : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने...
-
आजको राशिफल: २०८१ साल पुस २८ गते आइतबार
मेष अरूको व्यवहारले शंका उब्जाए पनि परिवारजनकाे साथ–सहयाेग प्राप्त हुनेछ। पछि लाभ हुने काम गर्न सकिनेछ। तत्काललाई सानो फाइदा हेर्दा...
-
मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना पक्राउ
काठमाडौँ: नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी कारबाहीका लागि भन्सार कार्यालय चलान...