भारतीय सेनासँगको मुठभेडमा पाँच नक्सलवादीको मृत्यु
काठमाडौं । छत्तीसगढ राज्यमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा पाँच जना माओवादी लडाकूको मृत्यु भएको छ भने दुई जना प्रहरी घाइते भएका बताइएको छ।
भारतको स्रोत साधनले भरिपूर्ण मध्य क्षेत्रका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेका नक्सलवादी विद्रोहीहरूले दशकौँ लामो विद्रोहको नेतृत्व गरिरहेका छन्। विद्रोहका क्रममा हजारौँ मानिसको ज्यान गुमेको छ।
छत्तीसगढराज्यको बीजापुर जिल्लाको घना जङ्गलमा भएको भिडन्तको वर्णन गर्दै प्रहरी महानिरीक्षक पी सुन्दरराजले एएफपीसँग भने, “सुरक्षा बलले नक्सलवादी लडाकूका पाँच जनाको शव फेला पारेको छ।”
अर्को एक घटनामा बीजापुर जिल्लामा एउटा घरेलु बारुदी सुरङ्ग विस्फोट हुँदा दुई जना प्रहरी घाइते भएका छन्।
सरकारी फौजले दशकौँदेखि चलेको नक्सलवादी आन्दोलनलाई परास्त गर्न प्रयास तीव्र पारेको छ । मुठभेडमा सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका छन्।
सन् १९६७ मा सशस्त्र अभियान सुरु भएको जिल्लापछि नक्सलवादी भनेर चिनिने विद्रोहीहरू चिनियाँ क्रान्तिकारी नेता माओत्सेतुङबाट प्रेरित मानिन्छन्।
गत वर्ष करिब एक हजार सन्दिग्ध नक्सलवादीलाई पक्राउ गरिएको थियो भने ८३७ जनाले आत्मसमर्पण गरेका थिए।
भारतका गृहमन्त्री अमित शाहले सन् २०२६ को मार्चसम्म नक्सलवादी विद्रोहीलाई पूर्णरूपमा परास्त गर्ने पटक पटक घोषणा गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











