आजको राशिफल: २०८१ माघ ३ गते विहीबार
मेष परिस्थितिवश अध्ययनमा बाधा हुन सक्छ। लगनशीलताले मात्र उपलब्धि दिलाउनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। उपलब्धि प्राप्त गर्न केही समय प्रतीक्षा गर्नुपर्ला। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। काम बनाउन केही समय लाग्नेछ। मध्याह्नपछि केही अप्ठ्यारा समस्या सुल्झाउन जुट्नुपर्ला।
वृष मध्याह्नपछि प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ। विवादास्पद कामको जिम्मेवारी समेत सजिलै वहन गर्न सकिनेछ। चुनौती पन्छाएर पनि चिताएकाे काम बनाउन सकिनेछ। अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। तापनि आँटले काम लिन सकिनेछ। प्रयत्न गर्दा राेकिएकाे याेजना पूर्ण हुनेछ।
मिथुन महत्त्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ। आँट गर्दा दिगो काममा हात हाल्न सकिनेछ। बोलीको प्रभाव बढ्नाले नयाँ अवसर प्राप्त हुनेछ। धनलाभ पनि हुनेछ। मध्याह्नदेखि आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन्। हठले अप्ठ्यारो पार्न सक्छ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।
कर्कट प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। मध्याह्नदेखि नयाँ काम प्रारम्भ हुनेछ। बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ।
सिंह अरूको करकापमा काम गर्नुपरे पनि आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। कर्जामार्फत खर्च जुटाउन सकिनेछ। काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। मध्याह्नदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ।
कन्या मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। मध्याह्नदेखि खर्चिलो काम प्रारम्भ हुनेछ। यसका लागि धेरै रकम जुटाउन र आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। विदेश ताक्नेहरूलाई सुखद समाचार प्राप्त हुनेछ। प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर जुट्न सक्छ।
तुला परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। तापनि भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम चाँडै हातलागी हुनेछ। राेकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
वृश्चिक आँटेका काम बिहानै गर्दा फाइदा हुनेछ। सामाजिक जिम्मेवारी तथा नेतृत्व हातलागी हुनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। मध्याह्नदेखि अलमल बढ्नेछ भने कामको नतिजा कमजोर रहनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ।
धनु प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
मकर चिताएकाे काम बिहानै गर्दा फाइदा हुनेछ। व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ। तर मध्याह्नदेखि हिसाबमा देखिएको लाभांश हातलागी हुन समय लाग्नेछ। वादविवादले प्रेम र मित्रताको बन्धन कमजोर रहला। कामको चाप बढ्नेछ र सानोतिनो समस्याले अल्झाउन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउन सक्छ। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।
कुम्भ सम्भावना देखिए पनि प्रतिस्पर्धा बढ्नाले ठूलो उपलब्धि नहुन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। मध्याह्नपछि मिहिनेतको राम्राे फल प्राप्त हुनेछ। आयस्राेत बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। केही रकम सञ्चय गर्न पनि सकिनेछ।
मीन नयाँ काम प्रारम्भ हुनेछ। मध्याह्नदेखि सामान्य प्रतिस्पर्धामा अलमलिनुपर्ला। प्रतीक्षा गरिएको नतिजा पनि कमजोर रहनेछ। सहयोगीहरूले काममा साथ दिन छाड्नेछन् भने अस्वस्थताले व्यवसायमा पनि बाधा पुर्याउन सक्छ। विशेष काम बिहानै गर्नु फाइदाजनक हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











