गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको कतार र अमेरिकाद्वारा जानकारी
काठमाडौं । इजरायल र हमासबीच युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको छ । कतार र संयुक्त राज्य अमेरिकाले गाजा युद्धविरामबारे बुधबार घोषणा गर्दै यसले गाजामा जारी युद्धको स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेका छन् ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले बुधबार एक पत्रकार सम्मेलनमा गाजा पट्टीका दुई लडाकूबीच सम्झौता भएको र उनीहरुबीचको युद्धविराम आइतबारदेखि लागू हुने बताएका छन् । उहाँले भन्नुभयो, “हामी आशा गर्दछौं कि यो युद्धको अन्तिम चरण हुनेछ । सबै पक्षहरू यस सम्झौताका सबै सर्तहरू कार्यान्वयन गर्न प्रतिबद्ध हुनेछन् भन्नेमा हामी पूर्णतया विश्वस्त छौँ।”
मध्यस्थताकर्ताहरूले सम्झौता भएको बताएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले सम्झौताका ‘अन्तिम बिषयमा’ मा काम भइरहेको बताएको छ । नेतन्याहूले बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरी सम्झौतामा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको छ ।
इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले सन् २०२३ को अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणका क्रममा बन्धक बनाइएकाहरूलाई फिर्ता ल्याउनका लागि यो सम्झौता ‘सही कदम’ भएको बताएका छन् ।
इजरायलको इतिहासमै सबैभन्दा घातक उक्त आक्रमणमा परी एक हजार २१० जनाको मृत्यु भएको थियो ।
हमास आक्रमणको बदलामा इजरायलले गाजामा चलाएको कारबाहीमा गाजाको अधिकांश भाग ध्वस्त बनेको छ भने कारबाहीका क्रममा ४६ हजार ७०७ व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले पुष्टि गरेको छ । मृतकमध्ये अधिकांश सर्वसाधारण रहेका छन् ।
गाजाको नागरिक सुरक्षा निकायले सम्झौताको घोषणापछि इजरायली आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको जनाएको छ।
यसैबीच बाइडेनले यो दिन आएकोमा आफू निकै सन्तुष्ट रहेको बताउँदै वार्तालाई आफ्नो करियरको ’सबैभन्दा कठिन’ भएको बताएका छन् । उनले सम्झौताको दोस्रो चरणको सम्झौताले ’युद्धको स्थायी अन्त्य’ गर्ने बताउँदै सम्झौता हुनेमा आफू विश्वस्त रहेको बताए ।
बन्धकहरूको रिहाईको माग गर्दै तेल अभिभमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूले सम्झौताको समाचार सुनेपछि आपसमा अँगालो हाल्दै खुशी व्यक्त गरेका थिएभने गाजामा पनि हजारौँले सम्झौतापछि खुशियाली मनाएका थिए।
“म विश्वास गर्न सक्दिन कि एक वर्ष भन्दा बढीको यो दुःस्वप्न अन्ततः समाप्त हुँदैछ। हामीले धेरै मानिस गुमाएका छौं, हामीले सबै कुरा गुमाएका छौं,” गाजा शहरमा आफ्नो घरबाट विस्थापित ४५ वर्षीया रन्डा समीहले भन्नुभयो ।
हमासले युद्धविराम ‘हाम्रा महान् प्यालेस्टाइनी जनताको महान् दृढता र गाजा पट्टीमा हाम्रो बहादुरीपूर्ण प्रतिरोधको परिणाम’ भएको बताएको छ । मध्यस्थताकर्ता कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले सम्झौतालाई मजबुत बनाउने प्रयासलाई तीव्र बनाएपछि पछिल्ला दिनहरूमा युद्ध अन्त्य गर्न दबाब बढेको थियो।
कतारका शेख मोहम्मदले कायरोस्थित एक निकायमार्फत तीनै देशले युद्धविराम कार्यान्वयनको अनुगमन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रारम्भिक ४२ दिनको युद्धविरामको क्रममा महिला, बालबालिका र वृद्ध साथै बिरामी र घाइतेसहित ३३ जना बन्धकलाई रिहा गरिनेछ । साथै, पहिलो चरणमा इजरायली सेना गाजाको घना बस्ती भएका क्षेत्रहरूबाट पछि हट्नेछन् र आदानप्रदानका साथै ‘विस्थापित मानिसहरूलाई उनीहरूको निवासमा फर्काइनेछ’।”
दोस्रो र तेस्रो चरणमा इजरायली बन्धकहरूको बदलामा रिहा गरिने प्यालेस्टिनी कैदीहरूको सङ्ख्यालाई प्रारम्भिक युद्धविरामको ४२ दिनमा ‘अन्तिम रूप’ दिइने उहाँले बताउनुभयो ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












