रुस र इरानबीच ‘साझेदारी’ सम्झौता हुँदै
काठमाडौं । रुस र इरानले शुक्रबार ‘बिस्तृत रणनीतिक साझेदारी’ सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् । इरानका राष्ट्रपति मसूद पेजेस्कियानको मस्को भ्रमणका क्रममा यो सम्झौता हुन लागेको हो ।
मस्को र तेहरानले वर्षौंदेखिको गहिरो सहयोगपछि आफ्नो घनिष्ठ सम्बन्धलाई औपचारिकता दिन खोजिरहेका बेला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा प्रवेश गर्नुभन्दा तीन दिनअघि सम्झौता हुने भएको हो ।
युक्रेनी र पश्चिमी अधिकारीहरूका अनुसार इरानले रुसलाई स्वचालितरूपमा विस्फोट हुने ‘शहीद’ ड्रोनहरू प्रदान गरेको छ । यिनिहरूलाई मस्कोले युक्रेनमा रातिमा ब्यारेजहरूमा आक्रमण गर्न प्रयोग गर्छ । दुबै देशहरूले पश्चिमी प्रतिबन्धहरूको बीच व्यापार बढाएका छन् । नयाँ सन्धिले तेहरान र मस्कोको ‘सैन्य–राजनीतिक र व्यापार–आर्थिक’ सम्बन्धलाई थप मजबुत बनाउने क्रेमलिनले बुधबार जनाएको छ ।
तेहरानका उच्च कूटनीतिज्ञ अब्बास अराघचीलाई उद्धृत गर्दै रुसी सरकारी सञ्चारमाध्यमले दिएको जानकारीअनुसार तेहरानले शुक्रबारको सम्झौताबारे थोरै जानकारी दिएको छ तर गत वर्ष उत्तर कोरियासँग रुसले गरेको सन्धिमा समावेश गरिएको सम्झौताजस्तो पारस्परिक प्रतिरक्षा धारालाई अस्वीकार गरेको छ । दुवै पक्षले वर्षौंदेखि नयाँ सन्धिका लागि काम गरिरहेका थिए । उनीहरूको वर्तमान सम्बन्ध सन् २००१ को सम्झौताद्वारा निर्देशित छ र यसलाई उनीहरूले आवधिक रूपमा नवीकरण गरिरहेका छन् ।
रुसले इरानसँगको आगामी सम्झौता र प्योङयाङसँग यसअघि नै हस्ताक्षर भइसकेको सन्धि ‘कुनै पनि देशविरुद्ध लक्षित नभएको’ बताएको छ । “यो सन्धि रचनात्मक प्रकृतिको छ र यसको उद्देश्य रूस, इरान र विश्वका विभिन्न भागमा रहेका हाम्रा मित्रहरूको क्षमतालाई सुदृढ पार्नु हो,” रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मङ्गलबार भन्नुभएको थियो ।
रूसका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गर्दै रुसको समाचार एजेन्सी तासले यो २० वर्षका लागि मान्य हुने जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान, चीन र उत्तर कोरियासँगको सम्बन्धलाई आफ्नो विदेश नीतिको आधारशिला बनाएका छन् ।
रुस र इरान दुवैले आफ्ना महत्वपूर्ण ऊर्जा उद्योगहरूमा प्रतिबन्धसहित भारी पश्चिमी प्रतिबन्धहरूको सामना गरिरहेका छन्। गत वर्ष कजानमा भएको ब्रिक्स समूहको शिखर सम्मेलनमा पुटिनले रुस र इरानबीचको ‘साँच्चिकै मैत्रीपूर्ण र रचनात्मक सम्बन्ध’लाई आफूले महत्व दिएको पेजेस्कियानलाई बताउनुभएको थियो ।
ट्रम्प सत्तामा फर्कनुभन्दा केही दिनअघि पेजेस्कियानको रुस भ्रमण हुन लागेको हो । इरानविरुद्ध पटक–पटक सैन्य धम्की दिँदै आएका नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन र मध्यपूर्वमा जारी द्वन्द्वको शीघ्र अन्त्य गर्न चाहको बताउने गर्नुभएको छ ।
मस्को र तेहरान दुवैको ठूलो समर्थन प्राप्त सिरियाली नेता बशर अल असदलाई विद्रोहीले सत्ताच्युत गरेको एक महिनापछि र इजरायल र इरानको सहयोगी हमासले गाजामा युद्धविरामको तयारी गरिरहेको एक महिनापछि यो सम्झौता भएको हो ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












