विहीबार अदालतमा उपस्थित हुने शर्तमा रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले विहीबार उपस्थित हुने शर्तमा जिम्मा लगाएको छ । बिहान १० बजे अदालत उपस्थित हुनेगरी रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश भएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
‘भोलि विहीबार १० बजे अदालतमा उपस्थित गराउनेगरी उहाँको कानुन व्यवसायी र उहाँको श्रीमती निकिता पौडेल लामिछानेको जिम्मा जवानीमा छाड्ने आदेश भएको छ,’ मरासिनीले भने । जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश दिएको हो ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बिहीबार अदालत उपस्थित भएका थिए ।बिहीबार उनको बयान सकिएको छ । मरासिनीका अनुसार भोलिबाट उनको थुनछेक बहस सुरु हुनेछ । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो ।
लामिछानेका साथै छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा पुगेका थिए ।
Comments
अरु समाचार
-
युरोपबाट आयातित रक्सीमा दुईसय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली युनियनबाट आउने रक्सीमा दुई सय प्रतिशत कर लगाउने चेतावनी दिएका छन्। ट्रम्पले आयातमा...
-
आज तराईका जिल्लामा होली, हर्षोल्लासका साथ खेलिँदै
काठमाडौं । पहाडमा बिहीबार मनाइएको होली उत्सव आज तराईका जिल्लामा मनाइँदैछ। तराईमा होलीलाई फागु पर्वका रुपमा विशेष महत्वका साथ मनाउने...
-
आजको राशिफल: २०८१ चैत १ गते शुक्रवार
मेष:मध्याह्नपछि नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले सहयोग गर्न थाल्नेछन्।...
-
होलीमा यस्तो देखियो बसन्तपुर र न्युरोड क्षेत्र (तस्बिरहरु)
काठमाडौं । काठमाडौंको बसन्तपुरमा बिहीबार पचासौं हजार होली खेल्न भेला भए । विशेषतः युवायुवतीहरुले रंगहरुको पर्व होली यहाँ भेला भएर...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउन ‘आइसफल डाक्टर’
सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी शुरू भएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल...
-
युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
किएभ । युक्रेनमा सम्भावित युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी अधिकारीहरू रुस जाँदैछन् । साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँगको बैठकपछि युक्रेनी अधिकारीहरूले...
-
आज हिमाली र पहाडी भेगमा होली पर्व मनाइँदै
काठमाण्डौ । आज हिमाली र पहाडी भेगमा फागु अर्थात होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको...
-
अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री ओलीलाई सफाइ
काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले सफाइ पाएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको...