सिवाईसी नेपाल लघुवित्तको साधारणसभा सम्पन्न, विपन्न नागरिकको हितलाई ध्यान दिइने
पोखरा । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका अध्यक्ष पद्यनाथ शर्माले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१को लेखापरीक्षण प्रतिवेदन पास गरेको छ । साधारण सभामा ५५.५३ प्रतिशत शेयर सदस्यको उपस्थिति रहेको थियो ।
७७ जिल्लामा कार्यक्षेत्र रहेको सिवाईसी नेपालको चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार ३ सय ९० रुपैयाँ रहेको छ । चालु आर्थिक वर्ष २०८१/८२को पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार पुँजीकोष ८.२५, खराब कर्जा ४.३५, इपिएस १६, खुद नाफा ४ करोड ३१ लाख ६२ हजार ७९ रुपैयाँ रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय सस्थाका प्रमुख कार्यकारी अधिकृत डोलेन्द्र प्रसाद शर्माले जानकारी गराए ।
संस्थाको रिजर्भ एण्ड सरप्लस ४० करोड ४२ लाख ८८ हजार ९ सय रुपैयाँ रहेको छ । संस्थामा लगानीमा रहेको कर्जा ६ अर्ब ८ करोड ६७ लाख १४ हजार ६ सय ५० रुपैयाँ, निक्षेप २ अर्ब ४८ करोड २४ लाख ६ हजार ५ सय १० रुपैयाँ, संस्थालेले लिएको ऋण २ अर्ब ६६ करोड ८५ लाख २८ हजार ७ सय ८० रुपैयाँ रहेको छ । १ सय २४ शाखा रहेको सिवाईसी लघुवित्तमा १ लाख २२ हजार ७ सय ९७ सदस्य रहेका छन् भने ४७ हजार १ सय २० ऋणी रहेको कार्यकारी प्रमुख कार्यकारी अधिकृत शर्माले साधारण सभामा जानकारी गराएका थिए । साधारण सभामा सिवाईसी लघुवित्तको मुख्य प्रवद्र्धक संस्था सिवाईसी नेपालका अध्यक्ष चण्डि प्रसाद शर्माले लघुवित्तले विपन्न नागरिकको हितलाई समेत ध्यान दिनुपर्ने बताए ।
साधारण सभामा सेयर सदस्यहरुले राखेको जिज्ञाशाका बारेमा संस्थाका अध्यक्ष शर्मा, सञ्चालक जीवन पौडेल, कम्पनी सचिव तथा र्काकारी प्रमुख शर्माले प्रष्ट पारेका थिए । कार्यक्रममा बडिगाड गाउँपालिकाकी अध्यक्ष तथा शेयर सदस्य गण्डकी थापा अधिकारी, लघुवित्तका सञ्चालक सुमन जि.सी. लगायतले मन्तव्य राखेका थिए । सिवाईसी लघुवित्तमा सालिग्राम लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त संस्था गाभिएका थिए ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











