पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
काठमाडौँ: पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । त्यसअवसरमा मन्त्री पाण्डेले पर्यटक प्रहरीलाई सघाउने विविध सङ्घसंस्था एवं व्यक्तिलाई प्रशंसापत्र प्रदान गर्नुभयो । पर्यटकको सुरक्षाका साथै उनीहरुका समस्या समाधान र गुनासा सम्बोधनमा पर्यटक प्रहरीले निर्वाह गरेको भूमिकाको सराहना गर्दै पर्यटन प्रवद्र्धनका निम्ति यस क्षेत्रमा आबद्ध सबैले आ–आफ्नो दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उत्कृष्ट कार्य गर्ने पर्यटक प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उहाँले पर्यटकहरूको सुरक्षा प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा त्यसका लागि सरोकारवाला सबै निकायको समन्वयात्मक भूमिका अपरिहार्य रहेकामा जोड दिनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीका पूर्वअध्यक्ष शिव अधिकारी, पर्यटन विभागका महानिर्देशक नारायण प्रसाद रेग्मीले विदेशी मुद्रा आर्जनको प्रमुख माध्यम पर्यटन उद्योगको विकासका निम्ति सरकारी एवं गैरसरकारीस्तरबाट निरन्तर प्रयास भइरहेको र त्यसलाई अझ सशक्त बनाउन यस क्षेत्रमा आबद्ध सबैले इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











