तुम्लिङटार विमानस्थलमा हवाई इन्धनको डिपो राख्न प्रदेश सरकारलाई विदुर लिङथेपको आग्रह
काठमाडौं । कोसी प्रदेश सभा सदस्य एवम् नेकपा एमाले कोशीका प्रमुख सचेतक विदुर कुमार लिङथेपले संखुवासभाको तुम्लिङटार विमानस्थलमा हवाई इन्धनको डिपो राख्न कोशी प्रदेश सरकारलाई आग्रह गरेका छन् । आइतबार कोशी प्रदेश सभाको शून्य समयमा बोल्दै उनले पूर्वी पहाडी जिल्लाहरुमा इन्धनको डिपो नरहेको बताएका हुन् ।
लिङ्थेपले पहाडी जिल्लाहरुकै ठूलो तुम्लिङटार विमानस्थलमा यात्रु सिट खाली राखेर काठमाण्डौंबाट विमानमा हवाई इन्धन ल्याउनु पर्ने बाध्यता रहेको बताए । उनले त्यसरी इन्धन ल्याउनु पर्दा यात्रुलाई समेत अत्याधिक भाडा पर्ने गरेकोले त्यहाँ इन्धन डिपोको आवश्यकता रहेको बताए ।
कोसी प्रदेशमा माउन्टेन फ्लाइट गर्ने हेलिकप्टरहरुलाई समेत सहज हुने भन्दै उनले इन्धन डिपोको लागि तुम्लिङटार विमानस्थल नै उपयुक्त स्थान रहेको औल्याएँ । ताप्लेजुङ्ग र सोलुखुम्बु क्षेत्रबाट इन्धन भर्न काठमाडौं वा तराईका विमानस्थल पुग्नु भन्दा तुम्लिङटार नजिक र कम खर्चिलो हुने उनको भनाइ थियो । उनले भने, मकालु, कञ्चनजंगादेखि एभरेष्टसम्मका हेलिकप्टरहरुलाई इन्धन भर्ने ठाउँको रुपमा तुम्लिङटारलाई विकास गर्न सकिने सम्भावना छ । त्यसैले प्रदेश सरकारले नेपाल आयल निगममार्फत त्यस ठाउँमा हवाई इन्धन डिपो राख पहल गर्न अनुरोध गर्दछु ।
हाल कोसी प्रदेशमा विराटनगर र भद्रपुर विमानस्थल गरी दुई ठाउँमा मात्र हवाई इन्धनको डिपो सञ्चालनमा छ ।
Comments
अरु समाचार
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
भैरहवा । रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेका अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...












