नेपाल टेलिकमको पछिल्लो खुद-नाफा ६ अर्ब २३ करोड रुपैयाँ
काठमाण्डाै – नेपाल टेलिकमले अघिल्लो आर्थिक वर्षमा ६ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । २१औं वार्षिकोत्सवमा कम्पनीले आज आयव्ययसहितको विवरण सार्वजनिक गरेको हो ।
कम्पनीको विवरण अनुसार आर्थिक वर्ष २०८०/०८१ को कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड रुपैयाँ रहेको छ । कुल आय र नाफा दुवै अघिल्लो आर्थिक वर्षको भन्दा घटेको हो । आफ्नो ग्राहक सङ्ख्या २ करोड १२ लाख ४२ हजार बढी पुगेको कम्पनीले दाबी गरेको छ ।
पछिल्लो समयमा टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानी घटेको असर उनीहरूको पूँजीगत खर्चमा देखिएको छ । सन् २००८ देखि २०१६ सम्मको अवधिमा कुल आम्दानीको झन्डै आधा रकम पूर्वाधार विकासमा खर्च गर्ने टेलिकम कम्पनीहरूले अहिले आम्दानीको झन्डै १० प्रतिशत मात्रै पूर्वाधारमा खर्च गरेको पाइन्छ ।
दूरसञ्चार विज्ञ विशाल उपाध्याय टेलिकम क्षेत्रमा पूँजीगत खर्चको माग बढे पनि आम्दानी नहुँदा खर्च नभएको बताउनुहुन्छ । टेलिकम क्षेत्रको आम्दानीसँगै त्यस क्षेत्रबाट राज्यले पाउने राजश्व पनि घटेको छ । आर्थिक वर्षा २०७६/७७ मा नेपाल टेलिकम र एनसेलले गरी ६७ अर्ब ४८ करोड राजश्व बुझाएकामा आर्थिक वर्ष २०७९/८० मा २० अर्बले घटेर ४७ अर्ब रुपैयाँमा सीमित भएको छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












