रवि लामिछाने चितवन अदालतमा उपस्थित
काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयान दिन चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् ।
लामिछाने गए राति नै काठमाडौंबाट स्थलमार्ग हुँदै चितवन पुगेको रास्वपा चितवनले जानकारी दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले हिजो साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी गरेको अभियोगमा लामिछाने सहित १५ जना विरुद्ध पूरक मुद्दा दायर गरेको थियो ।
यो सँगै हालसम्म चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी गरेको अभियोगमा ३२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । जसमध्ये १२ जनालाई ठगी तथा संगठित अपराधमा मुद्दा दायर गरिएको छ भने लामिछाने सहित २० जनालाई ठगी मात्रै मुद्दा दायर गरिएको छ ।
रविका साझेदार जीबी राई र छविलाल जोशीलाई ठगी र संगठित अपराध दुवै कसुरमा मुद्दा दायर गरिएको छ । यस मुद्दामा जोडिएका धेरैजसो फरार छन् । फरार रहेका हकमा म्याद जारी गरेर पठाइने र पुर्पक्षका लागि थुनामा रहेकाहरूलाई बयानका लागि उपस्थित गराई दिन पत्राचार गरिने श्रेष्तेदार आचार्यले बताए ।
हिजो दर्ता गरिएको मुद्दामा लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत दफा २४९ को उपदफा १ र २ विपरीत कसुर गरेको भन्दै दफा २४९ को उपदफा ३ (ग) बमोजिम सजाय हुने माग दाबी लिइएको छ । उक्त दफामा कुनै किसिमले ठगी गरेमा ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने उल्लेख छ । यस्तै तत्कालीन गोर्खा मिडिया नेटवर्कमा रहेकाहरूलाई अपचलन भएको रकमको सामूहिक बिगो माग दाबी समेत गरिएको छ ।
साहारा सहकारीको १० करोड ८० लाख १८ हजार रुपैयाँ गोरखा मिडिया नेटवर्कमा गएपछि लामिछाने यस मुद्दामा जोडिएका हुन् । यसअघि लामिछानेले सरकारी वकिल कार्यालयको रोहबरमा दुई दिन लगाएर बयान दिएका थिए । यसअघि पोखरा, काठमाडौं र बुटवलका सहकारी रकम अपचलन मुद्दामा लामिछानेलाई धरौटीमा छाड्ने आदेश आएको थियो ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












