ताजा समाचार

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा रङ्गशालामा मैत्रीपूर्ण फुटबल

काठमाडौं । नेपाल र चीनको युवान प्रान्तको युवा टोलीबिच दशरथ रङ्गशालामा फागुन ३ गते मैत्रीपूर्ण फुटबल हुने भएको छ ।

चिनियाँ नयाँ (सर्प) वर्षको उपलक्ष्यमा नेपाल स्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल ओभरसीज चीनियाँ सङ्घले संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

दुई देशबिचको भाइचारा र फुटबल संस्कृतिको विकास गर्न दोस्रो पटक नेपालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिन लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपालस्थित चिनियाँ राजदूतावासका डेपुटी चिप अफ मिसन वाङ लिङले जानकारी दिए ।

मैत्रीपूर्ण खेलका लागि एन्फाले राजेश शाहीको नेतृत्वमा ४५ सदस्यीय खेलाडी टोली अहिले बन्द प्रशिक्षणमा रहेको छ । चीनको युवान टोलीले एक वर्ष अघिदेखि तयारी गरिरहेको पनि पत्रकार सम्मेलनमा वाङले जानकारी दिए ।

गतवर्ष नेपालसँग फराकिलो हार खेपेकोले यसपटक राम्रो तयारी गरेको चिनियाँ टोलीको भनाई छ । गतवर्ष दशरथ रङ्गशालामै भएको खेलमा नेपाली यु–२३ टोलीले चिनियाँ टोलीलाई ५–१ गोलले हराएको थियो ।

नेपालले यसपटक यु–२० टोली खेलाउने तयारी गरेको छ । मैत्रीपूर्ण खेलसँगै रङ्गशालामा नेपाल र चीनको विभिन्न साँस्कृतिक कार्यक्रम हुने बताईएको छ । चिनियाँ फुटबल टोली फागुन १ गते काठमाडौं आईपुग्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org