धनुषाधाममा लाग्ने प्रसिद्ध मक्कर मेला सम्पन्न
काठमाडौं । धनुषा जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल धनुषाधाममा माघ महिनाभरि आयोजना हुने मक्कर मेला आज सम्पन्न भएको छ। माघ महिनाको प्रत्येक आईतवार र मंगलवार लाग्ने मक्कर संक्रान्ति मेला यस वर्षको अन्तिम मंगलवारको दिन सम्पन्न भएको हो।
यस वर्ष माघ महिनाको पहिलो मङ्गलवार परेको र माघ महिनाको अन्तिम मंगलवारमा मेला सम्पन्न भएको छ। धनुषाधाममा मक्कर मेलाको व्यवस्थापन धनुषाधाम नगरपालिका र मन्दिर व्यवस्थापन समितिले गर्दै आएको छ।
भारतमा महाकुम्भ मेला भइरहेको कारण यस वर्ष अधिक तीर्थयात्री भारत पुगेका थिए, जसका कारण अन्य वर्षजस्तो ठूलो भीडभाड भएन। यद्यपि, नेपाल र भारतका सीमावर्ती क्षेत्रका तीर्थयात्रीहरूले उल्लेख्य संख्यामा मेला भर्नका लागि सहभागिता जनाए। धनुषमन्दिरका पूँजारी स्वामी भरत दासले जानकारी दिएका छन।
भारतको उत्तर प्रदेशमा महाकुम्भ मेला भएको समयमा, धनुषाधामको मक्कर मेलामा नेपाल मात्र होइन, भारतका अन्य विभिन्न प्रदेशहरूबाट ठूलो संख्या मा श्रद्धालु भक्तजनहरूको सहभागिता हुने गरेको छ। पूँजारी भरत दासका अनुसार, यस वर्ष तुलनात्मक रूपमा कम भक्तजन आएका थिए।
धनुषाधाममा रहेको धनुषा मन्दिरमा पूजा अर्चना गर्दा विश्वासअनुसार चिताएको सबै कुरा पुरा हुने धार्मिक विश्वास प्रचलित रहेको छ। प्रत्येक वर्ष माघ महिनामा मक्कर मेलामा ठूलो संख्यामा भक्तजनहरू दर्शनका लागि आउने गर्दछन्। त्रेता युगमा राजर्षि जनकको प्रतिज्ञा अनुसार धनुषयज्ञको आयोजना गरिएको थियो, जसमा भगवान श्रीरामले शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा त्यो धनुष तीन टुक्रामा फुटेको थियो। ती तीन टुक्रामध्ये एक पाताल, अर्को आकाश र तेस्रो धनुषाधाममा खसेको धार्मिक मान्यता रहेको छ।
धनुषाधाममा अहिले पनि धनुषको आकार जस्तो देखिने एक अलौकिक धातु रहेको र सोधातु नै भगवान शिवको पिनाक धनुष हो भन्ने धार्मिक मान्यता रहेको छ। यही कारणले मक्कर मेलामा लाखौं भक्तजन धनुषाधाम पुगेर दर्शन गर्ने गर्दछन्।
यस मेलासँगै, धनुषाधाममा तेजपातको कारोबार लाखौं रुपैयाँको भएको छ भने अन्य सामग्रीहरूको कारोवारले करोडौंको कारोबार भएको मेला समितिले जनाएको छ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











