जेठमा गरिने सगरमाथा संवादमा भारत र चीनका प्रधानमन्त्रीलाई निम्तो
काठमाडौं । जेठ पहिलो साता आयोजना गर्न लागिएको सगरमाथा संवादमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका प्रधानमन्त्री ली छ्याङलाई आमन्त्रण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोदी र लीलाई निमन्त्रणा गरेका हुन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको बैठकमा यसबारे छलफल भएको थियो ।
सरकारी उच्च स्रोतका अनुसार दुवै प्रधानमन्त्री काठमाडौं आउने लगभग पक्कापक्की छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार २ जेठदेखि ४ सम्म संवाद तीन दिन चल्ने छ । पाँच वर्षअघि कोभिड १९ महामारीका कारण रोकिएको सगरमाथा संवाद सरकारले अघि बढाउन लागेको हो । यसअघि चैतका लागि तयारी थालिएको संवाद तयारी पर्याप्त नपुगेका कारण जेठका लागि सारिएको हो, जहाँ मोदी र ली दुवै अतिथिका रुपमा निम्त्याइएका छन् ।
जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पर्ने देशहरुको जीवन, संस्कृति सभ्यतासमेतलाई गम्भीर क्षति पारिरहेको सन्दर्भमा भारत र चीनसँग नेपालले प्रभावकारी संवादको पहल लिनुपर्ने ठान्दै सरकारले दुई प्रधानमन्त्रीलाई नै सहभागी गराउन चाहेको हो । भारत र चीन नेपालका छिमेकी मात्र नभई दुई ठूला औद्यागिक शक्तिराष्ट्रसमेत भएकाले जलवायु सन्तुलनमा उनीहरुको योगदान अनिवार्य हुने सरकारी निष्कर्ष छ ।
यसपल्टको संवादमा जलवायु न्यायको मुद्दालाई प्रमुखतासाथ स्थापित गर्न प्रयास हुने छ । ‘जलवायु न्याय र क्षतिपूर्तिको विषयलाई प्रमुखताका साथ उठाउँछौं,’ प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले भने, ‘दुई छिमेकीले गर्ने रेस्पोन्स हाम्रा लागि महत्वपूर्ण छ, त्यसका अलावा दक्षिण एसियाका देशहरु, अनि विश्वका विभिन्न मुलुकसँग नेपालले पृथ्वी र विश्वभरिका जनताको सामूहिक चिन्ता साझा गर्नेछ । कुनै एक दुई देश नभई सबैले मिलेर समाधान गर्नुको विकल्प छैन भन्नेमा तयारी गर्दैछौं ।’
भारत र चीनले साझा निष्कर्ष ननिकाल्दासम्म हिमालय क्षेत्रको जलवायु संकट समाधानमा उल्लेख्य प्रगति कठिन हुने भन्दै सरकारले मोदी र लीसँग एकैसाथ छलफल गर्न लागेको हो ।दुवै देशका प्रधानमन्त्री सहित विभिन्न देशका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा सम्बन्धित मन्त्रीहरुलाईलाई सरकारी तहबाट पत्र गइसकेको छ । सगरमाथा संवादको मिति तोक्नुअघि दुवै प्रधानमन्त्रीहरुको फुर्सद निक्र्यौल गरिएको समेत स्रोतले बतायो ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले कतिपय कुटनीतिकसँग संवाद समेत अघि बढाएकी छन् । यसअघि ०७७ मा ओली नै प्रधानमन्त्री रहेका बेला तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथा संवादको पहल लिएका थिए, तर कोभिड महामारीका कारण अन्तिम घडीमा संवाद स्थगित भएको थियो ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












