च्याम्पियन्स लिगकाे प्ले अफमा सिटीविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जित
काठमाडौं । च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-२ ले हराएको छ। म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा रियलले खेलको ८६ औं मिनेटमा कमब्याक गर्दै रोमाञ्चक जित निकालेको हो।
खेलको १९ औँ मिनेटमा एर्लिङ हलान्डाको गोलमा सिटीले अग्रता लिएको थियो। लामो समय १-० गोलको अग्रतामा रहेको सिटीविरुद्ध रियलका लागि ६० औँ मिनेटमा केलिएन एम्बाप्पेले बराबरी गोल गरे। ८० औँ मिनेटमा डानी सेलबासले फिल फोडेनलाई फल प्रहार गरेपछि प्राप्त पेनाल्टीलाई उपयोग गर्दै हलान्डले नै सिटीलाई दोस्रो पटक अग्रता दिलाए। खेल सकिन १० मिनेट बाँकी हुँदासम्म रियलविरुद्ध सिटी २-१ ले अगाडि थियो।
घरेलु मैदानमा जित नजिक पुगेको सिटीविरुद्ध खेलको ८६ औँ मिनेटमा डाइम ब्रियाजले बराबरी गोल गरे भने जुड बेलिङघमले अतिरिक्त समयमा गोल गर्दै सिटीलाई घरेलु मैदानमा ३-२ ले स्तब्ध बनाए। यी दुई टिमबीच एक सातापछि म्याड्रिडको मैदानमा दोस्रो लेग हुनेछ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











