आजको राशिफल: २०८१ फागुन २ गते शुक्रबार
मेष: पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
वृष भौतिक सुख–सुविधा प्राप्त हुनेछ। घरेलु प्रयाेजनका सामान जुटाउन सकिनेछ। व्यवसायमा केही लाभ हुनेछ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ।
मिथुन सेवामूलक काम बन्नेछ। तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको लाभ नहुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तापनि बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ।
कर्कट चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउने अवसर प्राप्त हुनेछ।
सिंह विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला।
कन्या तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।
तुला अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। केही रकम खर्चिएर पनि तारिफयोग्य काम सम्पादन गरिनेछ। आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्।
वृश्चिक आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि फल पाउन समय लाग्न सक्छ। विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन अलि सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। तापनि प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
धनु परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेत गर्दा कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्।
मकर स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। आँटेका काममा बाधा उत्पन्न हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ।
कुम्भ आफ्ना सूचना बाहिरिने हुँदा गोपनीयतामा ध्यान पुर्याउनुहोला। आम्दानी प्रशस्तै भए पनि रकम सञ्चय भने नहुन सक्छ। अलमल गर्ने बानीले समस्या निम्त्याए पनि मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ।
मीन ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजाेर रहनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। सफलताले हौसला जगाए पनि विवाद तथा मुद्दाहरूमा निकै सजग रहनुपर्नेछ। प्रतिस्पर्धीहरूले अलि दु:ख दिन सक्छन्। पछिका लागि भने विशेष काममा जग बसाउने मौका छ। परिश्रम परे पनि लक्ष्य नजिक पुग्न सकिनेछ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












