आजको राशिफल : २०८१ फागुन ३ गते शनिबार
मेष: काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। तर लाभ उठाउन निकै हाेसियार रहनुपर्ने समय छ। मिहिनेतीहरूलाई उपलब्धि प्राप्त हुनेछ। अरूकाे विश्वास गर्दा गोपनीयता बाहिरिन सक्छ। अवसरवादीहरूले फाइदा उठाउन सक्छन्। आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।
वृष: प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
मिथुन: समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। व्यापार, कृषिकर्म तथा पशुधनबाट लाभ उठाउन सकिनेछ। हडबड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइनेछ। तापनि नयाँ योजनातर्फ अग्रसर भइनेछ।
कर्कट: दाजुभाइमा असमझदारी बढ्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेको हुँदा सजग रहनुहोला। सावधानीले उपलब्धि जाेगिनेछ। जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा समस्या पर्ला। काममा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन्।
सिंह: तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। व्यापार बढ्नेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ।
कन्या: व्यापारमा फाइदा हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम बन्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ।
तुला:अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। तापनि पहिलेका कमजोरी सच्याउन सकिनेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना देखिन्छ। आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर बन्नेछन्। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
वृश्चिक: अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ। दोहोर्याएर गर्दा रोकिएको काम बन्न सक्छ। अवसर प्राप्त भए पनि साेचेकाे उपलब्धि प्राप्त नहुन सक्छ। आँटेकाे काममा परिस्थितिवश बाधा होला। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने हुन सक्छ।
धनु :धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। तापनि नियमित काम सम्पादन हुनेछन्। मिहिनेतले केही न केही उपलब्धि हातपार्न सफल भइनेछ। बेलामा होस नपुर्याउँदा काममा बाधा पर्न सक्छ। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। आवश्यक पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्। अप्ठ्याराे काम आँट गर्दा सम्पादन गर्न समय लाग्नेछ।
मकर: व्यापारमा मनग्य फाइदा हुनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नुका साथै प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर नाम र दाम कमाउने बेला छ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ। कम मिहिनेतमै काम बन्नाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ।
कुम्भ: सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।
मीन: सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। कामको चापले जीवनशैली व्यस्त रहनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











