युक्रेनमा ट्रम्पको कूटनीतिक आक्रमणपछि युरोपेली नेताहरु पेरिसमा पुनः एकजुट
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार आफ्नो भव्य एलिसी प्यालेसमा प्रमुख युरोपेली सङ्घ (इयु) का राष्ट्रहरू र बेलायतका नेताहरूलाई अमेरिकासँग कसरी व्यवहार गर्ने भन्ने विषयमा आपत्कालीन बैठक बोलाउनुभएको छ ।
यो कदम ट्रम्प प्रशासनको एकहप्ते युक्रेनसम्बन्धी कूटनीतिक प्रहारपछि आएको हो । ट्रम्पले क्रेमलिनलाई अँगालो हाल्नुभएको र आफ्ना पुराना युरोपेली सहयोगीहरूलाई चिसो व्यवहार गर्नुभएको जस्तो देखिन्छ ।
अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले पुनर्निर्वाचनअघि महिनौँसम्म आक्रामक चेतावनीहरू दिनुभए पनि इयुले अन्ततः आफ्नो सुरक्षा बलियाे बनाउन कार्य गर्न थाल्नेछ र वासिङ्टनको सैन्य शक्तिमा कम निर्भर हुन थाल्नेछ भनेर इयुका नेताहरूले सार्वजनिक रूपमा यी खतरनाक पूर्वसङ्केतहरूलाई बेवास्ता गरे र कुनै न कुनै तरिकाले ट्रम्प युरोपको साथमा उभिनुहुन्छ भन्ने आशा गरे ।
तर गत हप्ता युरोपको प्रारम्भिक भ्रमणका क्रममा उपराष्ट्रपति जेडी भान्स र रक्षामन्त्री पिट हेग्सेथको भाषणले युरोपको सुरक्षा प्रतिबद्धता र यसका आधारभूत लोकतान्त्रिक सिद्धान्तहरू दुवैमाथि प्रश्न उठाएको थियो । म्याक्रोनले सैन्य खतराको सामना गर्दा उहाँहरूको पीडादायी आलोचना र असहयोगका धम्कीहरूले प्रणालीमा धक्का लागेको महसुस भएको बताउनुभयो ।
रुस–युक्रेन युद्ध अन्त्य गर्ने आशामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेर ट्रम्पले वर्षौंदेखिको अमेरिकी नीति उल्ट्याउने निर्णय गर्नुभएपछि महत्त्वपूर्ण मोड आयो । त्यसपछि शनिबार युक्रेन र रुसका लागि ट्रम्पका विशेष दूतले युक्रेन शान्तिवार्तामा अन्य युरोपेलीहरूलाई समावेश गर्न अस्वीकार गर्नुभयो ।
जर्मनीकी विदेशमन्त्री अन्नालेना बेयरबकले यो हप्तालाई ‘अस्तित्वको क्षण’ भन्नुभयो । “यो त्यस्तो क्षण हो जहाँ युरोपले उठ्नुपर्छ”, उहाँले भन्नुभयो ।
यहीँबाट म्याक्रोनले सोमबारको बैठकमा हस्तक्षेप गर्ने आशा गर्नुभएको छ । म्याक्रोनका विदेशमन्त्री जीन–नोएल ब्यारोटले युरोपका प्रमुख नेताहरूको आपत्कालीन बैठकको महत्त्वलाई कम आँक्ने प्रयास गरे पनि बैठक स्थापना गर्न भएको सप्ताहान्तको धमाधम प्रयासले केही बढी आधारभूत कुरालाई जोड दिएको छ ।
दोस्रो विश्वयुद्धदेखि नै संयुक्त राज्य अमेरिका र पश्चिमी युरोपेली राष्ट्रहरूले शीत युद्धको समयमा सोभियत सङ्घको सामना गर्दा र वर्तमान रुसको आफ्नो सीमा नजिकै बढ्दो आक्रामक कार्यहरूको सामना गर्दासम्म मूलभूत रूपमा एकै लयमा हिँडेका छन् ।
धेरै युरोपेली नाटो राष्ट्रहरूले आफ्नो रक्षा प्रयासहरू बढाउन अनिच्छा देखाएकोमा लामो समयदेखि अमेरिकी गुनासोहरू रहे पनि ती गुनासाहरू विगत केही दिनमा जस्तो राजनीतिक सतहमा कहिल्यै उठेका थिएनन् ।
सोमबार म्याक्रोनले युरोपको सुरक्षा समस्यासँग कसरी व्यवहार गर्ने भन्ने विषयमा जर्मनी, बेलायत, इटाली, पोल्यान्ड, स्पेन, नेदरल्यान्ड्स, डेनमार्क र इयुका नेताहरूसँग दिउँसो छलफल गर्नुहुनेछ । नाटोका महासचिव मार्क रुट्टे पनि उपस्थित हुनुहुनेछ ।
फ्रान्सेली अधिकारीहरूका अनुसार युरोपेली नेताहरूको एकताको प्रदर्शनबाहेक कुनै ठोस निर्णय निस्कने अपेक्षा गरिएको छैन ।
“युरोपमा एकताको हावा बगिरहेको छ, जुन शायद हामीले कोभिड अवधिदेखि महसुस गरेका थिएनौँ”, ब्यारोटले सन् २०२० को महामारीको समयलाई सम्झँदै भन्नुभयो । कोभिड महामारीको समयमा इयुका २७ मुलुकले स्वास्थ्य विपत्तिको सामना गर्न एकसाथ उभिनुपरेको थियो ।
युरोपेली राष्ट्रहरू युक्रेनलाई सक्दो सहयोग गर्न कटिबद्ध छन् र इयुका राष्ट्रहरू रक्षा खर्च बढाउने विषयमा एकमत छन् । यद्यपि कुल गार्हस्थ उत्पादनको दुई प्रतिशत रक्षामा खर्च गर्ने लक्ष्यभन्दा माथि जाने सामान्य सहमति भए पनि तीन प्रतिशतमा कसरी पुग्ने भन्ने कुरा स्पष्ट छैन ।
इयुका केही राष्ट्रले ठुला रक्षा परियोजनाहरूका लागि संयुक्त ऋणको सम्झौतामा जोड दिइरहेका छन् भने अन्यले पहिले दुई प्रतिशतको सीमामा पुग्न पछि परेका राष्ट्रहरूको कार्य हो भन्ने जिकिर गरिरहेका छन् । यो विषयमा पनि बैठकमा छलफल हुनेछ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












