शनिबार हमासले ६ जना र इसराइलले ६०२ लाई मुक्त गर्ने
काठमाडौं । हमासले शनिबार ६ जना इसराइली बन्धकलाई मुक्त गर्ने भएको छ। यस सम्झौताअनुसार, इसराइलले ६०२ प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ।
सूचना अनुसार, ६ जना बन्धकहरूको नाम हमासले शुक्रबार नै इसराइललाई पठाइसकेको छ। मुक्त हुने बन्धकहरूमा ३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमर वेंकर्ट र २२ वर्षका ओमर शेम-तोभ समावेश छन्।
अवेरा र हिशाम २०१४ देखि हमासको नियन्त्रणमा थिए। उनीहरू गजा क्षेत्रमा समुद्र तटबाट प्रवेश गर्दा हमासले तिनीहरूलाई बन्धक बनाएको थियो। भने, बाँकी चार जना २०२३ को अक्टोबर ७ मा भएको इसराइलमाथि हमासको आक्रमणको क्रममा बन्धक बनेका थिए। यी चारै जना एउटै परिवारका सदस्य छन् र सुपरनोभा फेस्टिवलबाट अपहरण गरिएको थियो।
यस सम्झौताअनुसार, हमासले ६ जना बन्धक छोडेको बदला इसराइलले ६०२ प्यालेस्टिनी कैदीलाई मुक्त गर्नेछ। यसअघि, हमासले २६ जना इसराइली बन्धक र इसराइलले १०९९ प्यालेस्टिनी कैदीलाई मुक्त गरेको थियो।
बिहीबार, हमासले चार जना इसराइली बन्धकको शव पनि हस्तान्तरण गरेको थियो। तर, एक शवको पहिचान मिलेन, जसले युद्धविरामको बीचमा तनाव उत्पन्न गरायो। पहिलो चरणको युद्धविराममा ३३ बन्धक मुक्त गर्ने भनिएको थियो, जसमा अब तीन जना मात्रै बाँकी छन्। दोस्रो चरणको युद्धविरामका लागि मध्यस्थकर्ताहरूको छलफल जारी छ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












