शनिबार हमासले ६ जना र इसराइलले ६०२ लाई मुक्त गर्ने
काठमाडौं । हमासले शनिबार ६ जना इसराइली बन्धकलाई मुक्त गर्ने भएको छ। यस सम्झौताअनुसार, इसराइलले ६०२ प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ।
सूचना अनुसार, ६ जना बन्धकहरूको नाम हमासले शुक्रबार नै इसराइललाई पठाइसकेको छ। मुक्त हुने बन्धकहरूमा ३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमर वेंकर्ट र २२ वर्षका ओमर शेम-तोभ समावेश छन्।
अवेरा र हिशाम २०१४ देखि हमासको नियन्त्रणमा थिए। उनीहरू गजा क्षेत्रमा समुद्र तटबाट प्रवेश गर्दा हमासले तिनीहरूलाई बन्धक बनाएको थियो। भने, बाँकी चार जना २०२३ को अक्टोबर ७ मा भएको इसराइलमाथि हमासको आक्रमणको क्रममा बन्धक बनेका थिए। यी चारै जना एउटै परिवारका सदस्य छन् र सुपरनोभा फेस्टिवलबाट अपहरण गरिएको थियो।
यस सम्झौताअनुसार, हमासले ६ जना बन्धक छोडेको बदला इसराइलले ६०२ प्यालेस्टिनी कैदीलाई मुक्त गर्नेछ। यसअघि, हमासले २६ जना इसराइली बन्धक र इसराइलले १०९९ प्यालेस्टिनी कैदीलाई मुक्त गरेको थियो।
बिहीबार, हमासले चार जना इसराइली बन्धकको शव पनि हस्तान्तरण गरेको थियो। तर, एक शवको पहिचान मिलेन, जसले युद्धविरामको बीचमा तनाव उत्पन्न गरायो। पहिलो चरणको युद्धविराममा ३३ बन्धक मुक्त गर्ने भनिएको थियो, जसमा अब तीन जना मात्रै बाँकी छन्। दोस्रो चरणको युद्धविरामका लागि मध्यस्थकर्ताहरूको छलफल जारी छ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











